बुधबार, माघ ३० गते २०८१    
बुधबार, माघ ३० २०८१
images
images

तल्लो अरुण आयोजनाबाट २ सय ६८ परिवार प्रभावित हुने, १ अर्ब ४० करोड मुआब्जा वितरण गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १६ २०८१
images
images
तल्लो अरुण आयोजनाबाट २ सय ६८ परिवार प्रभावित हुने, १ अर्ब ४० करोड मुआब्जा वितरण गरिने

प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ। तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ।

images
images

सङ्खुवासभा- पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट २ सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन्। 

images
images
images

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ।

images
images

'यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ', तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भने। 

images
images
images

प्रभावित स्थानीयलाई करिब १ अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ। तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ।

नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका-२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो। भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। रासस


प्रकाशित : आइतबार, भदौ १६ २०८११०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend