आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

पेट्रोलियम पदार्थको मूल्य घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ १५ २०८१
images
पेट्रोलियम पदार्थको मूल्य घट्यो
images
images

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

images
images
images

शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

images
images

निगमले १२ बजेदेखि लागु हुनेगरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाएको हो।

images
images

अब काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६३ तथा डिजेल र मट्टितेल लिटर१ सय ५४ रूपैयाँमा पाइने छ।

यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

यता खाना पकाउने ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले उल्लेख गरेको छ।


प्रकाशित : शनिबार, भदौ १५ २०८१२१:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend