बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शो २०२४ को पाँच दिनमा स्काइवेलको ९९ वटा विद्युतीय एसयूभी बुकिङ

शनिबार, भदौ १५ २०८१
नाडा अटो शो २०२४ को पाँच दिनमा स्काइवेलको ९९ वटा विद्युतीय एसयूभी बुकिङ

काठमाडौं- नाडा अटो शो २०२४ को पाँच दिन स्काइवेलका ९९ विद्युतीय एसयूभी बुकिङ भएको छ। मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा स्काइवेलले ९९ प्रिमियम विद्युतीय एसयूभी बुकिङ गर्न सफल भएको जनाएको छ।

स्काइवेलको एकमात्र आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ९९ वट स्काइवेल ईटी फाइभ, बीई११ मोडेलका ६२० किमि, ५२० किमि र ४२० किमि रेन्ज दिने गाडीको बुकिङ लिएको कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालले जानकारी दिए। 

हाल नेपालमा ४० वटाभन्दा बढी स्काइवेलका ईटी फाइभ प्रिमियम विधुतीय एसयूभी बिक्री भइ सकेका छन् भने जी मोटर्सले नाडामा बुकिङङ गर्ने ग्राहकका लागी स्पेशल मूल्यमा कार उपलब्ध गराएको छ।

buspark kushma bazar - parbat.jpg

४१० किमि रेन्ज दिने बीई११ को ७५.९० लाख, ५२० किमि रेन्ज दिने बीई११ को मूल्य ८५.९० लाख र ईटी फाइभको मूल्य १.१० करोड रूपैयाँ कायम गरेको छ। 

स्काइवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, यूके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्डलगायत देशमा बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।  

नाडा अटो शो पश्चात सबै मोडेलमा ५ लाख रूपैयाँसम्मले  मूल्य वृद्धि हुने कम्पनीले जनाएको छ।


प्रकाशित : शनिबार, भदौ १५ २०८१२१:५९
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend