मंगलबार, असोज ८ गते २०८१    
images
images

१० करोड मेट्रिक टन क्षमताको धौवादी खानीबाट फलाम उत्खनन् गर्न ५५ अर्ब रुपैयाँ लाग्ने

वार्षिक अर्बौँकाे फलाम आयात राेक्नसक्ने अनुमान गरिएकाे खानी उत्खनन् गर्न अलमल

images
आइतबार, भदौ १६ २०८१
images
images
१० करोड मेट्रिक टन क्षमताको धौवादी खानीबाट फलाम उत्खनन् गर्न ५५ अर्ब रुपैयाँ लाग्ने

९ करोड ९० लाख टन फलाम भए पनि ९ करोड ६० लाख टन उत्खनन् गर्न सकिने लक्ष्य राखिएको खानीबाट अर्बौँ रुपैयाँ बराबरको आम्दानीमात्रै होइन ठूला उद्योगको कच्चापदार्थका लागि आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने छ।

images
images

काठमाडौं- नवलपरासीमा रहेको धौवादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने निश्कर्ष अध्ययनले देखाएको छ। 

images
images
images

धौवादी फलाम कम्पनीले गरेको विस्तृत अध्ययन प्रतिवेदनले धौवादीबाट फलाम उत्पादन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ। अध्ययनका अनुसार धौवादीबाट व्यवसायिकरुपमा फलाम उत्पादन गर्न ५५ अर्ब रुपैयाँ लाग्नेसमेत देखिएको छ। 

२५ प्रतिशत निजी क्षेत्रको सेयरसहित खडा गरिएको कम्पनीले तयार पारेको प्रतिवेदनअनुसार ४ वर्षमा ५५ अर्ब लगानी गर्नुपर्ने देखिएको छ। अध्ययनअनुसार काम अगाडि बढाउन सके २०८४ सालको अन्त्यबाट फलाम उत्पादन सुरु हुने छ।

अध्ययनअनुसार दैनिक १५ सय मेट्रिक टन फलाम निकाल्न सकिने समेत देखिएको छ। ५५ अर्ब लगानी गर्न सकेमा ७ वर्षभित्रै पेब्याक हुनेसमेत देखिएको छ। खानीमा २ हजार ५ सयले प्रत्यक्ष रोजगारी पाउने छन् भने अप्रत्यक्ष रुपमा २० देखि २५ हजारले रोजगारी पाउनेसमेत अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

images

खानी उत्खननका लागि कम्पनीले खानी तथा भूगर्भ विभागमा लाइसेन्सको आवेदन दिएको छ। दैनिक ९६ मेगावाट बिजुली खपत हुने अनुमान गरिएको खानीका लागि २२० केभीए प्रसारण लाइनको समेत आवश्यक पर्दछ। 

फलाम उत्पादन सुरु गरेर २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्ने लक्ष्यसहित सरकारले धौवादी फलाम कम्पनी लिमिटेड गठन गरेको थियो। सरकारले केही वर्षयताका बजेट कार्यक्रममा धौवादी फलाम खानीबाट व्यावसायिक रुपमा फलाम उत्पादन गर्ने घोषणा गर्दै आएको छ। 

९ करोड ९० लाख टन फलाम भए पनि ९ करोड ६० लाख टन उत्खनन् गर्न सकिने लक्ष्य राखिएको खानीबाट अर्बौँ रुपैयाँ बराबरको आम्दानीमात्रै होइन ठूला उद्योगको कच्चापदार्थका लागि आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने छ।

नेपालमा वार्षिक २७ लाख टन फलामजन्य वस्तुको आयात हुने गर्दछ। धौवादीमा ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको फलामखानीबाट दैनिक १ हजार ५ सय टन फलाम उत्पादन गर्न सकिने विशेष सम्भाव्यता अध्ययन प्रतिवेदनमा देखिएको छ।

अध्ययनका क्रममा हुप्सेकोटको धौवादीको १० किलोमिटर क्षेत्रमा फलामको ठूलो खानी पत्ता लागेसँगै मन्त्रिपरिषद्को विसं २०७६ भदौ ४ गतेको निर्णयबाट ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिएको थियो।

१० करोड मेट्रिक टन क्षमताको धौवादी खानीबाट फलाम उत्खनन् कहिले सुरु होला? १० करोड मेट्रिक टन क्षमताको धौवादी खानीबाट फलाम उत्खनन् कहिले सुरु होला?

 

धौवादी क्षेत्रमा फलाम उत्पादन भए २५ प्रतिशतसम्म व्यापार घाटा प्रतिस्थापन गर्न सकिने धौवादी क्षेत्रमा फलाम उत्पादन भए २५ प्रतिशतसम्म व्यापार घाटा प्रतिस्थापन गर्न सकिने


प्रकाशित : आइतबार, भदौ १६ २०८१११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend