बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नाडा अटो शो २०२४ : शनिबार एकै दिन १८ हजार ४ सय ९७ जनाले गरे अवलोकन

images
शनिबार, भदौ १५ २०८१
images
images
नाडा अटो शो २०२४ : शनिबार एकै दिन १८ हजार ४ सय ९७ जनाले गरे अवलोकन

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्।

images
images

काठमाडौं- मंगलबारदेखि सुरु भएको १६औँ संस्करणको नाडा अटो शो २०२४ जारी छ। काठमाडौंको भृकुटी मण्डपमा जारी नाडा अटो शो आइतबारससम्म चल्ने छ। 

images
images

यो संस्करणको नाडा अटो शोमा शनिबार एकै दिन १८ हजार ४ सय ९७ जनाले अवलोकन गरेका छन्। यसपाली अटो शोमा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको नाडा अटो शो आयोजक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले जनाएको छ। 

images
images

यो वर्षको अटो शोमा पहिलो दिन ८ हजारले अवलोकन गरेका थिए भने दोस्रो दिन १५ हजार जना अटो शोमा आइपुगेको नाडाले जनाएको छ। 

images
images

त्यस्तै तेस्रो दिन बिहीबार १७ हजार र शुक्रबार १७ हजार २ सय जनाले अटो शोको अवलोकन गरेका हुन्। त्यस्तै शनिबार दैनिक रूपमा सबैभन्दा धेरै १८ हजार ४ सय ९७ जनाले अवलोकन गरेका हुन्।

पाँच दिनमा ७१ हजार जनाभन्दा बढीले नाडा अटो शो हेरिसकेका छन्।

अटो शोको यो १६औँ संस्करणमा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ वटा ब्रान्डका लाइट कमर्सियल सवारी तथा २६ वटा कम्पोनेन्ट ब्रान्डहरू सहभागी हुँदै छन्। त्यस्तै बीमा कम्पनी शिखर इन्सुरेन्स र ९ वटा बैंकका स्टल रहने छन्। 

यो वर्षको अटो शो विद्युतीय सवारीमय भएको छ। ईभी नभएको प्यासेन्जर कार सुजुकी हो भने अन्य सबै २२ ब्रान्ड ईभीमात्र भएका र ईभी आईसीई दुवै कार भएका छन्। 


प्रकाशित : शनिबार, भदौ १५ २०८१२०:२३
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend