मंगलबार, असोज ८ गते २०८१    
images
images

बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ : अर्थमन्त्री पौडेल

images
शनिबार, भदौ १५ २०८१
images
images
बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले बुटवलको विकास र समृद्धिका लागि सबै एकजुट भएर कार्यसम्पदान गर्नुपर्नेमा जोड दिए। उनले सेवा भावका साथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गरे।

images
images

लुम्बिनी- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

images
images
images

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा आज अस्पताल विकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखसँगको छलफलमा अर्थमन्त्री पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउन सरकारले पनि पहल गर्ने बताउँदै यसमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए।

यहाँको विकास भनेको प्रादेशिक अस्पताल र यसले दिने गुणस्तरीय सेवासँग पनि जोडिने भएकाले साेहीअनुसार लाग्न सबैलाई आग्रह गरे। अर्थमन्त्री पौडेलले बुटवलको विकास र समृद्धिका लागि सबै एकजुट भएर कार्यसम्पदान गर्नुपर्नेमा जोड दिए। उनले सेवा भावका साथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गरे।

अस्पतालमा निर्माणाधीन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्को मार्न सकिने बताउँदै अर्थमन्त्री पौडेलले सरकारको तर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभएको उल्लेख गर्दै उनले दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणको व्यवस्थापन पनि महत्वपूण विषय रहेको बताए।

images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुनासोरहित सेवा नागरिकको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गरे। शल्यक्रिया तथा अन्य सेवाका लागि महिनौँ कुर्नुपर्ने विषयसँग सम्बन्धित बजारमा आएका टिप्पणी उठाउँदै उहाँले सुधारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेकाले अस्पताल परिवारले पनि जिम्मेवारीपूर्ण काम गर्न आग्रह गरे।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारको आयोजनामा निर्माणाधीन भवन निर्धारित समयमा सम्पन्न भइ सञ्चालनमा आउने बताए। 'आयोजना जसले सञ्चालन गरे पनि जनताले कमजोरी तथा ढिलासुस्तीका विषयमा सबैभन्दा पहिलो विकास समिति, अस्पताल प्रशासनलाई प्रश्न उठाउने भएकाले अस्पताल परिवारसँग आयोजनाले समन्वय गर्नुपर्छ', उनले भने।

अध्यक्ष श्रेष्ठले आयोजना कार्यान्वयनका लागि समन्वय गर्न प्रदेश पूर्वाधार प्राधिकरणसँग आग्रह गरे। अस्पतालको सेवाका विषयमा बजारमा आएका आलोचनाबारे बोल्दै उहाँले सीमित जनशक्ति र स्रोतसाधानले ठूलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नुपरेको स्पष्ट पारे। अस्पतालको क्षमताले थेग्नै नसक्ने गरी सेवाग्राहीको भीड लाग्दा महिनौँसम्म लाइन लाग्नुपर्ने स्थितिको सिर्जना भएको उनले उल्लेख गरे।

अस्पतालको विभागीय प्रमुखकोतर्फबाट डा वर्षा थापाले हाल उपलब्ध जनशक्ति भन्दा पनि तीनगुणा बढी सेवाग्राहीलाईसेवा उपलब्ध गराउनुपरेको जानकारी गराइन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेसु) डा इन्द्र ढकालले अस्पतालको सेवा सुधार तथा विस्तारका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढिरहेको जानकारी दिए। अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने समस्यालाई कम गर्न छिट्टै उपकरण तथा कार्यकक्ष थप गर्ने योजनामा रहेको उनले बताए। रासस


प्रकाशित : शनिबार, भदौ १५ २०८११६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend