आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सिन्का बेचेर जीवननिर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

images
शनिबार, भदौ १५ २०८१
images
सिन्का बेचेर जीवननिर्वाह गर्दै ७९ वर्षीय धनबहादुर

आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेसामा लागेको धनबहादुर सुनाउँछन्।

images
images

भोजपुर- इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बनेका छन् भोजपुर नगरपालिका-११ आम्तेकका धनबहादुर राई। उमेरले ७९ वर्ष पुगेका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्छन्।

images
images
images

उनलेमात्र होइन, उनका दालु रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दै आइरहेका थिए। 'विगतमा १० देखि २० रूपैयाँ मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ, अहिले भने एक सय २० सम्ममा बिक्री गर्दै आइरहेको छु', उनले भने।

images
images

सिन्का बनाउन धेरै समय र मेहनत लाग्ने गरेको उनले बताए। उनले भने, '८० वर्ष पुग्न लाग्दा पनि पुरानो पेसा गरिरहेको छु, बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन्। धैरेले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन्।'

images
images

आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेसामा लागेको धनबहादुर सुनाउँछन्। उनी भन्छन्, 'अहिले त खाली युवाहरु विदेश जान तम्सिन्छन् तर, जोसजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन।'

घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आएका उनले केही समयमा नै ती सिन्का बिक्री गरिसकेको बताए। उनले ती सिन्का बिक्रीबाट एक हजार पाँच सयमाथि कमाएको बताए।

सिन्का बिक्रीबाट राईले घरका लागि नुन, तेल किन्न सहजता भएको बताए। यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उनको भनाइ छ।

उनी भन्छन्, 'अहिलेसम्म त भनेकाहरूलाई मैले सिन्का ल्याइदिएको छु, अब मैले छाडेपछि समस्या हुन्छ, त्यसपछि धार्मिक कार्यमा प्रयोग हुने दुनाटपरी कसरी बनाउने।' रासस


प्रकाशित : शनिबार, भदौ १५ २०८११४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend