बिहीबार , भदौ २७ गते २०८१    
images
images

कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्री र सवारीसाधान अलपत्र

images
शनिबार, भदौ १५ २०८१
images
images
कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्री र सवारीसाधान अलपत्र

हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्।

images
images

कर्णाली- चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन्। कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो।

images
images
images

हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका गाडी तथा यात्री बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन्। 

कालीकोट शुभकालिकाका गाउँपालिका-१ स्थित गगनेखोला सडकको पहिरो हटाउन यहाँ उपलब्ध स्रोतसाधनका साथै जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

उनले भने, 'पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको छ। यही भदौ १२ गते बेलुका गएको पहिरोबाट अवरुद्ध कालीकोट सडक खण्ड आज बेलुकासम्म खुलाउने प्रयासमा छौँ। त्यसका लागि पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ। दैलेखमा पनि पहिरो पन्छाउने प्रयास भइरहेको छ।'

images

दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले यथाशीघ्र सडक आगमन सञ्चालन होस् भनेर तीनदिदेखि राकममा बसेर स्रोत परिचालन गरिँदै आएको बताए। 'हामीले तीनवटा स्काभेटर लगाएर आठबीस नगरपालिकास्थित मालाचौरमा गएको पहिरो पन्छाइसकेका छौँ', उनले भने, 'किटु खोलामा सडक भासिएकाले तलबाट पर्खाल लगाउने काम भइरहेको छ।'

पहिरो पन्छाउने कामलाई तीव्र गतिमा बढाउन सुर्खेत र नेपालगञ्जबाट बुलडोजर मगाइएको प्रजिअ भुसालले जानकारी दिए। उनका अनुसार सडकको पहिरो पन्छाएर नियमित आवतजावत हुन अझै दुई दिन लाग्नेछ। हिलो भएको ठाउँमा प्रहरीद्वारा हिँड्नलाई ढुंगा राखेर पैदल हिँड्ने यात्रालाई सहयोग गरिएको उनले बताए।

यात्रुलाई पहिरो गएको ठाउँबाट अर्को ठाउँसम्म पुर्‍याउन प्रहरीले सहयोग गरेपनि स्याउ बोकेका गाडीहरु भने सडकमै थन्किएका छन्। समयमै नेपालगञ्ज सुर्खेत गाडी पुर्याउन नसके लाखौँको क्षति हुने चन्दननाथ नगरपालिका-९ जुम्लाका स्याउ व्यापारी रामबहादुर खत्रीले दुखेसो पोखे। 

'केही आम्दानी लिने आशा बोकेर स्याउ झारियो, चार दिनदेखि बाटोमा थन्किएको छ', उनले भने, 'दैनिक गाडी चालक र सहचालकलाई खान बस्न व्यहोर्दै खर्च भइरहेको छ भने त्यसैगरी स्याउ ढुवानी भाडा बढी तिर्नुपर्ने अवस्था छ।'

करोडौँको स्याउ अलपत्र पर्दा यसबाट स्याउ व्यापारीहरु चर्को मारमा परेका छन्। रासस


प्रकाशित : शनिबार, भदौ १५ २०८११४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend