आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

परसपुर-गौघाट सडक कालोपत्र : दुईवर्षमा २० प्रतिशत काम

images
शनिबार, भदौ १५ २०८१
images
परसपुर-गौघाट सडक कालोपत्र : दुईवर्षमा २० प्रतिशत काम

यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिदैछ। तर काम भने करिब २० प्रतिशत मात्र भएको छ।

images
images

बाँके- परसपुर-गौघाट सडक खण्डको कालोपत्र निर्धारित समयमा अझै सम्पन्न भएको छैन। मुख्यतः बाँके र बर्दिया जिल्लाको जनताले सो सडकबाट आवतजावत गर्दछ।

images
images
images

यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिदैछ। तर काम भने करिब २० प्रतिशत मात्र भएको छ।

images
images

संघीय सरकारको लगानीमा बन्न लागेको नेपालगञ्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्र  गर्नको लागि करिब १४ करोड रूपैयाँमा निर्माण कम्पनीसंग सम्झौता गरिएको थियो। समयमा कालेपत्रको काम नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन्।

images
images

नेपालगञ्ज उप-महानगरपालिकासहित जानकी, खजुरा र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर-गौघाट सडक खण्ड हो। सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल उक्त योजनाको २० प्रतिसतमात्र काम सकिएको छ।

सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरू केही प्रगति भएको छ। निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक-पटक ताकेता गरेपनि सम्पर्कमै नआउने गरेको उनले बताए।

उनले भने, 'हामीले समयमै योजना सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिँदै आएका छौँ। कानूनी रूपमा कारबाहीको लागि प्रक्रिया पनि अगाडि बढाएका छौँ। तर प्रगति भने निराशाजनक छ।'

सम्झौताअनुसार निर्माण कम्पनीले २०७९ बैशाखदेखि निर्माण सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सर्त रहेको छ। परसपुर-गौघाट सडक खण्ड निर्माण ढिलासुस्ती भएको भन्दै यहाँका स्थानीयले आन्दोलन समेत गरेका थिए।

खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नुपर्ने दबाब दिँदै आएका छन्। २०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना अगाडी सारिएको थियो। तर हालसम्म पनि उक्त सडकको स्तर वृद्धि हुन सकेको छैन। यसका कारण स्थानीले समस्या भोग्दै आउनु परेको छ। रासस


प्रकाशित : शनिबार, भदौ १५ २०८१११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend