आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

ढोरपाटन सिकार आरक्षको करिब दुईसय हेक्टर जमिन अतिक्रमण

images
शनिबार, भदौ १५ २०८१
images
ढोरपाटन सिकार आरक्षको करिब दुईसय हेक्टर जमिन अतिक्रमण

जग्गाधनी पुर्जा भएकै घरछेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउन्डमा भित्र्याउने क्रम बढेको हो। आरक्षको जग्गा बर्सेनि अतिक्रमित भए पनि सरोकारवाला निकायबाट यसलाई रोक्ने प्रयास भएको छैन।

images
images

म्याग्दी- पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुईसय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको छ।

images
images
images

एक हजार तीन सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ।

images
images

आरक्षको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा एक सय ८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ। जग्गाधनी पुर्जा भएकै घरछेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउन्डमा भित्र्याउने क्रम बढेको हो। 

images
images

आरक्षको जग्गा बर्सेनि अतिक्रमित भए पनि सरोकारवाला निकायबाट यसलाई रोक्ने प्रयास भएको छैन। आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले ३४ स्थानमा तीन सय ११ घरधुुरीले एक सय ८५ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण गरेका बताए।

'सिकार आरक्षमा अतिक्रण मुख्य चुनौती बनेको छ,' उनले भने, 'अतिक्रमण पहिचान गरी खाली गराउन नेपाल सरकारका विभिन्न निकाय र सरोकारवालहरुसँग पहल गरेका छौँ।'

वन तथा खर्क क्षेत्रमा बसोबास र खेतीपातीका लागि अतिक्रमण भएको छ। रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा र काक्री, म्याग्दीको जलजला र गुर्जाघाट तथा बागलुङको छेन्तुङ, स्यालपाखे, नवीलगायत गाउँमा पनि अतिक्रमण छ। अतिक्रमणमा परेको केही जमिनमा खेती लगाइएको छभने केही जमिन कम्पाउन्ड घेरेर मात्रै राखेका छन्।  

आरक्षको तथ्यांकमा विसं २०४७ देखि सामान्य अतिक्रमण सुरु भएको देखिन्छ। सशस्त्र द्वन्द्वको समयमा यो क्रम बढेको हो। सरकारले विसं २०३९ सालमा सिकार आरक्ष स्थापना गरेको थियो। अतिक्रमणसँगै संरक्षण अभावमा ढोरपाटनको रुद्रताललगायत केही संरचना लोप हुने अवस्थामा छन्। रासस


प्रकाशित : शनिबार, भदौ १५ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend