बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नाडामा यामाहा : नयाँ एडभेन्चर मोटरसाइकलमा आकर्षण

images
शनिबार, भदौ १५ २०८१
images
images
नाडामा यामाहा : नयाँ एडभेन्चर मोटरसाइकलमा आकर्षण

वास्तवमै एडभेन्चर सेगमेन्टमा यामाहाको यो मोटरसाइकल नेपाली बजारमा बलियो प्रतिस्पर्धीका रुपमा उपस्थित भएको छ।

images
images

काठमाडौं- यामाहाले नाडा अटो शो २०२४ मा नयाँ मोटरसाइकल ल्याएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा यामाहाले थाइल्यान्डमा बनेको डब्लूआर १५५ एडभेन्चर मोटरसाइकल सार्वजनिक गरेर बिक्री सुरु गरेको हो। 

images
images

यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइडले प्रिमियम डिजाइन र विशेषतासहित डब्लूआर १५५ नेपालमा बिक्री सुरु गरेको छ।

images
images

यामाहा डब्लूआर १५५ आर अफरोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बन्ने मोटरसाइकल हो। १५५ सीसी लिक्विड कुल्ड इन्जिन भएको यो मोटरसाइकलले अधिकतम १६.५ बीएचपी र १४.३ एनएम टर्क उत्पन्न पर्छ। 

images
images

यामाहाको डब्लूआरसी मोटरसाइकलबाट प्रभावित मानिएको डब्लूआर १५५ को तौल निकै कम छ। साथै एडजस्टेबल सस्पेन्सन, डुअल च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरलगायत विशेषताले मोटरसाइलकलाई लक्जरियस र सुरक्षित बनाएको छ। उक्त विशेषताका कारण यसलाई सहरी राइडरहरू र अफरोड एडभेन्चर दुवैका लागि उपयुक्त मोटरसाइकल सावित हुनेछ। 

yamaha motercycle (2).jpg

यामाहा मोटरसाइकल यसको डिजाइन, टेक्नोलोजी, स्टेबलिटी र राइड अनुभवका  लागि नेपाली उपभोक्तामाझ लामो समयदेखि परिचित छ। साहसिक र दक्ष नेपाली बाइकिङ उत्साहितहरूलाई नेपालको पहाडी भूभाग र अन्य जुनसुकै अफ रोडमा पूर्णनियन्त्रण र सुरक्षित रुपमा यामाहाका मोटरसाइल चलाउन सकिन्छ। 

यही कुरा यामाहा डब्लूआर १५५ मा पनि लागु हुन्छ। वास्तवमै एडभेन्चर सेगमेन्टमा यामाहाको यो मोटरसाइकल नेपाली बजारमा बलियो प्रतिस्पर्धीका रुपमा उपस्थित भएको छ। 

yamaha motercycle (3).jpg

यामाहा डब्लूआर १५५ आरको स्लीक डिजाइन र अत्याधुनिक प्रविधिबाट अटो शो अबलोकन गर्नेहरु प्रभावित देखिएका छन्। कम्पनीले यसको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ तोकेको छ। 

यसैगरी नाडा अटो शोमा यामाहाको एफजेड सिरिज, एसोक्स स्कुटरल, एमटी१५ गायतका मोटरसाइकल तथा स्कुटर प्रदर्शनीका लागि राखिएको छ। यामाहाको रे जेड आर र फसिनो स्कुटर नेपाली बजारमा लोकप्रिय छन् भने एफजेड सिरिजका मोटरसाइकल पनि धेरैको रोजाइमा परेका मोटरसाइकल हुन्। 

yamaha motercycle (4).jpg
yamaha motercycle (5).jpg
yamaha motercycle (6).jpg


प्रकाशित : शनिबार, भदौ १५ २०८१११:२५
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend