शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

दोस्रो बजारमा प्रतिसेयर आम्दानी उच्च रहेका उत्कृष्ट ६ कम्पनी, सेयर मूल्य ५० हजार रुपैयाँसम्म

images
शनिबार, भदौ १५ २०८१
images
images
दोस्रो बजारमा प्रतिसेयर आम्दानी उच्च रहेका उत्कृष्ट ६ कम्पनी, सेयर मूल्य ५० हजार रुपैयाँसम्म
images
images

काठमाडौं- सेयर बजारमा लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था किनबेच गर्ने गर्दछन। यद्यापी बुल मार्केटमा साना पुँजी भएका सस्ता कम्पनीको सेयर पनि खरिद गर्ने र बिक्रीकर्ताहरूले कर्नरिङ गरेर उच्च मूल्य बनाउँदै आएका छन्।

images
images

लामो समय १८०० देखि २००० को बिन्दु आसपास रहेको सेयर बजार अहिले उच्च बिन्दुतर्फ बढिरहँदा उतारचढाव देखिन थालेको छ। गएको असार ३१ गते २२४०.४१ बिन्दुमा रहेको बजारमा साउनभर उछाल देखिएको थियो। गएको साउन ३१ गते बजार ३०००.८१ को बिन्दुमा पुगेको थियो। भदौमा पनि उचाइतर्फकै लय समात्ने आँकलन भइरहँदा बजार अपेक्षाकृत हुन सकेको छैन। 

images
images

बजार गएको सातायता धरमर भए पनि लगातार राम्रो देखिएको कारोबार रकमलाई हेर्दा पनि बजार कीर्तिमानी उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्। वृद्धितर्फ लाग्दा केही समय बजारको बढोत्तरीमा विश्राम देखिए पनि बजारले उचाइ नै लिएर अब छिटै नयाँ बिन्दु भेट्ने उनीहरूले बताएका छन्। 

images
images
images

यस्तोमा गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सबैभन्दा बढी प्रतिसेयर आम्दानी भएका कम्पनीहरूको सेयर मूल्य पनि उच्च रहँदै आएको छ। 

युनिलिभर नेपाल लिमिटेड

युनिलिभर कम्पनीको बिहीबार दोस्रो बजारमा प्रतिकित्ता ४९ हजार ९ सय रुपैयाँमा खरिद बिक्री भयो। कम्पनीको प्रतिसेयर आम्दानी ५५८.७४ रुपैयाँ रहेको छ। जसका कारण प्रतिसेयर अम्दानीका हिसाबले पहिलो नम्बरमा युनिलिभर आउने गर्दछ। 

कम्पनीको मूल्य नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका कम्पनीमध्ये सबैभन्दा महँगो मूल्यको कम्पनी समेत हो। पछिल्लो ५२ हप्तामा ५६ हजार ८ सय ५ रुपैयाँ सम्म पुगेको सेयर मूल्य ३४ हजार ४ सय ५० रुपैयाँसम्म झरेको थियो।

लाभांशका हिसाबले उत्कृष्ट कम्पनी लगानीकर्ताको सदावहार रोजाइमा पर्दै आएको छ। कम्पनीको पीइ रेसियो ८९.३१ गुण हुँदा बुक भ्यालु ५ हजार २ सय ८३.०६ रुपैयाँ रहेको छ। बैंकको बजार पुँजीकरण ४५ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ रहेको छ। 

बोटलर्स नेपाल (तराई) 

बोटलर्स नेपाल तराई प्रतिसेयर आम्दानीका हिसाबले दोस्रो वरियतामा पर्दछ। कम्पनीको प्रतिसेयर आम्दानी २९८.२३ रुपैयाँ रहेको छ। कम्पनीको दोस्रो बजारमा बिहीबार प्रतिकित्ता १५ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

कम्पनीको पछिल्लो ५२ हप्तामा १८ हजार १ सय रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर १० हजार ५ सय रुपैयाँसम्म आएको थियो। कम्पनीको पीइ रेसियो ५०.७३ गुणा रहेको छ भने बुक भ्यालु ३ हजार ४ सय ६९ रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण १८ अर्ब ३० करोड ७३ लाख रुपैयाँ पुगेको छ। 

राष्ट्रिय बीमा कम्पनी

राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य गत बिहीबार १८ हजार ३२ रुपैयाँमा कारोबार भयो। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ननलाइफ इन्स्योरेन्समध्ये सबैभन्दा बढी लाभांश दिने क्षमता भएको कम्पनीभित्र पर्दछ। कम्पनी प्रतिसेयर आम्दानीको हिसाबले तेस्रोमा पर्दछ। 

कम्पनीको प्रतिसेयर आम्दानी २३५ रुपैयाँ २७ पैसा रहेको छ। पीइ रेसियो ८१.८४ गुणा रहेको छ। बुक भ्यालु ६ हजार ६ सय ४१ रुपैयाँ ७३ पैसा रहेको कम्पनीको बजार पुँजीकरण ४८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

बोटलर्स नेपाल (बालाजु) 

बोटलर्स नेपाल बालाजु कम्पनी पनि प्रतिसेयर आम्दानी उच्च हुने कम्पनीमध्ये पर्दछ। कम्पनी प्रतिसेयर आम्दानीका हिसाबले उत्कृष्ट चौथोमा पर्दछ। कम्पनीको प्रतिसेयर आम्दानी २०३.१२ रुपैयाँ रहेको छ। कम्पनीको सेयर मूल्य बिहीबार १७ हजार २ सय ३८ रुपैयाँ रहेको छ।

कम्पनीको पछिल्लो ५२ हप्तामा सेयर मूल्य २३ हजार ७ सय ६५ रुपैयाँ सम्म पुगेको थियो। घटेर २ हजार ४ सय ५३ रुपैयाँसम्म झरेको थियो। कम्पनीको पीइ रेसियो ८४.८७ गुण रहेको छ भने बुक भ्यालु ३ हजार ३ सय ८१ रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ३३ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ रहेको छ। 

नेपाल ल्युव आयल लिमिटेड

नेपाल ल्युव आयल लिमिटेड कम्पनी प्रतिसेयर आम्दानी उच्च हुने मध्ये पाँचौँमा पर्दछ। कम्पनीको प्रतिसेयर आम्दानी ७३.२७ रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी उच्च रहेता पनि कम्पनीको दोस्रो बजारमा बिहीबार सेयर मूल्य २६८.७० रुपैयाँमात्रै रहेको थियो।

कम्पनीको सेयरमा खासै कारोबार हुने गरेको छैन। लाभांश क्षमता उच्च रहेको कम्पनीको पीइ रेसियो ३.६७ गुणा रहेको छ। बुक भ्यालु ६५७.३९ रुपैयाँ रहेको कम्पनीको बजार पुँजीकरण १६ करोड ३१ लाख ५१ हजार रुपैयाँ रहेको छ। 

जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्त कम्पनी पछिल्ला वर्षहरूमा सेयर लगानीकर्ताको आकर्षणको केन्द्र बन्दै आएको छ। प्रतिसेयर आम्दानीका हिसाबले छैटौँ नम्बरमा रहेको कम्पनीले लाभांश उच्च दरमा प्रत्येक वर्ष वितरण गर्दै आएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ४३.२१ रुपैयाँ रहेको छ। 

बिहीबार १ हजार ६ सय ६५ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य केही दिनअघि १ हजार ९ सय २० रुपैयाँसम्म पुगेको थियो।

विगतमा ५ हजार रुपैयाँ सम्म सेयर मूल्य पुगेको कम्पनी वित्तिय सूचकमा अब्बल रहेको छ। कम्पनीको पीइ रेसियो ३८.५३ गुणा हुँदा बुक भ्यालु २७१.०३ रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण २२ अर्ब ४३ करोड ६१ लाख रुपैयाँ रहेको छ। 


प्रकाशित : शनिबार, भदौ १५ २०८१०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend