बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

गत आवमा प्रत्यक्ष वैदेशिक लगानी ११.८ प्रतिशतले बढ्यो, भारतको सबैभन्दा धेरै ३५ प्रतिशत हिस्सा

शुक्रबार, भदौ १४ २०८१
गत आवमा प्रत्यक्ष वैदेशिक लगानी ११.८ प्रतिशतले बढ्यो, भारतको सबैभन्दा धेरै ३५ प्रतिशत हिस्सा

काठमाडौं- आर्थिक वर्ष २०७९/८० मा नेपालमा वैदेशिक लगानी ११.८ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्ममा कुल २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ कुल प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। 

कुल वैदेशिक लगानीमध्ये चुक्तापुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। 

कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतको रहेको छ। कुल वैदेशिक लगानीमा भारतको हिस्सा १ खर्ब ३ अर्ब ४५ करोड अर्थात ३५ प्रतिशत रहेको छ। 

यस्तै ३५ अर्ब ४६ करोड प्रत्यक्ष वैदेशिक लगानी गरेको चीनको हिस्सा दोस्रो स्थानमा रहेको छ। चीनको प्रत्यक्ष वैदेशिक लगानी १२ प्रतिशत हिस्सा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै आयरल्याण्डको २२ अर्ब ६२ करोड अर्थात ७.७ प्रतिशत, अष्ट्रेलियाको १९ अर्ब ६ करोड ६.४ प्रतिशत र सिङ्गापुरको १८ अर्ब ८१ करोड अर्थात ६.४ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ। 

कुल वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा भित्रिएको छ।

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युतमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी परिचालनमा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक वित्तीय संस्था र बीमा कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend