बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नाडामा सुजुकी : ‘एक्लो बृहस्पति’मा कम छैनन् अवलोकनकर्ता

images
शुक्रबार, भदौ १४ २०८१
images
images
नाडामा सुजुकी : ‘एक्लो बृहस्पति’मा कम छैनन् अवलोकनकर्ता

यसकाबीच सुजुकीका नयाँ तथा बिक्री भइरहेका कार हेर्न अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति स्टलमा देखिन्छ।

images
images

काठमाडौं- नाडा अठो शो २०२४ मा विद्युतीय सवारी ब्रान्डले स्टलहरु भरिएका छन्। ईभी र आईसी इन्जिन लिएर पनि ४/५ वटा ब्रान्ड छन्। तर ईभी नै नभएको प्यासेन्जर कार ब्रान्ड सुजुकी मात्र हो।  

images
images

जापानी ब्रान्ड सुजुकीले हालसम्म विद्युतीय कार उत्पादन गरेर बिक्रीमा ल्याएको छैन। त्यस्तै सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले अन्य कुनै चिनियाँ ब्रान्डको विद्युतीय कार ल्याएको पनि छैन। सोहीकारण नाडा अटो शो २०२४ मा सुजुकी आईसी इन्जिन कार लिएर प्रदर्शनीमा बस्ने एक्लो कम्पनी हो। 

images
images

चिनियाँ विद्युतीय कार ब्रान्डको भिड नै लागेको यो वर्षको अटो शोमा सुजुकी एक्लो बृहस्पतिझैँ बनेको छ। यसकाबीच सुजुकीका नयाँ तथा बिक्री भइरहेका कार हेर्न अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति स्टलमा देखिन्छ।

images
images

सुजुकीले नाडा अटो शोमा सीजी मोटोकर्पले एपिक न्यू स्वीफ्ट सार्वजनिक गरेको हो। २००५ मा पहिलोपटक सार्वजनिक भएदेखि नै स्वीफ्ट नेपाली अटोमोबाइल क्षेत्रमा स्टाइल र स्पोर्टीनेसको पर्यायबाचीको रुपमा रहँदै आएको छ। 

suzuki (5).jpg

नयाँ एपिक स्विफ्टको नयाँ जेड सिरिज इन्जिन आधुनिक पावरट्रेन हो जसले पर्फमेन्ट र सस्टेनेबिलिटीको नयाँ आयाम ल्याउँछ, जसले यसलाई आफ्नो सेग्मेन्टमा सबैभन्दा उत्तम  ह्याचब्याक बनाउँछ। एपिक नयाँ स्विफ्टमा थुप्रै नयाँ युगका प्रविधि र फिचरहरु समावेश गरेको छ, जसले ग्राहकको  ड्राइभिङ अनुभव आरामदायी र रमाइलो हुने कम्पनीले जनाएको छ।

यो प्रिमियम ह्याचब्याकमा थप सहजताको लागि वाइड भ्यूसहितको रिभर्स क्यामेरा पनि समावेश गरिएको छ। सुजुकीले स्वीफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड सिरिज इन्जिनको प्रयोग गरेको छ।

suzuki (2).jpg

यो अत्याधुनिक इन्जिन पावरफूलमात्र नभइ यसले सेग्मेन्टमा सबैभन्दा धेरै २५.७५ किमि प्रतिलिटरसम्मको माइलेज प्रधान गर्नेछ जुन पुरानो स्वीफ्टभन्दा १४ प्रतिशतले ज्यादा हुन्छ।

नयाँ चौथो पुस्ताको स्वीफ्टले आफ्नो स्टाइलिस लुक, आधुनिक फिचर, पावरफूल इन्जिन, उत्कृष्ट  माइलेज र सुरक्षा सुविधाहरूले ह्याचब्याकको परिभाषा बदल्ने विश्वास कम्पनीले लिएको छ।

suzuki (3).jpg

यसका साथै सुजुकीको अफरोड गाडी जिम्नी, हाइब्रिड ब्रेजा तथा ग्रान्ड भिटारा पनि नाडा अटो शोमा राखिएको छ। सुजुकीका प्यासेन्जर कार नेपाली बजारमा अत्याधिक रुचाइको ब्रान्डमा पर्छ। 

सुजुकी ब्रान्डका कार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको कम्पनीले बिक्री गर्दै आएको छ। यो पटकको अटो शो ईभी शोभन्दा खासै फरक छैन। त्यसका बावजुत सुजुकी ब्रान्ड आईसी इन्जिन कारमात्र लिएर अटो शोमा सहभागी भएको छ।

suzuki (4).jpg


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११८:३६
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend