बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा टाटा डट ईभी : कम्प्याक्ट एसयूभी सेगमेन्टमा रोलर कोस्टर बन्दै पन्च ईभी

शुक्रबार, भदौ १४ २०८१
नाडामा टाटा डट ईभी : कम्प्याक्ट एसयूभी सेगमेन्टमा रोलर कोस्टर बन्दै पन्च ईभी

टाटा पन्च ईभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ। बहुप्रतिक्षित पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ।

काठमाडौं- टाटा मोटर्सको बहुप्रतिक्षित कम्प्याक्ट एसयूभी पन्च ईभी नाडा अटो शो २०२४ मा औपचारिक रुपमा सार्वजनिक भएको छ। मंगलबारदेखि सुरू भएको नाडा अटो शोबाट टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बिक्रीसमेत सुरू गरेको छ। 

टाटा डट ईभी प्रिजेन्ट्स नाडा अटो शो २०२४ मा पन्च ईभी धेरैको पर्खाइ र रोजाइमा परेको विद्युतीय कम्प्याक्ट एसयूभी हो। सिप्रदीले पन्च ईभी सार्वजानिक गर्नुपूर्व हजारौँ किलोमिटर चलाएर रियल वर्ल्ड परीक्षण गरेको छ।

नेपालको विभिन्न भूभागमा गरेको परीक्षण अनुसार गाडीले २७० देखि २९० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्ने बताएको छ। यो ल्याबमा फिक्स गरेर जाँच गरिएको रेन्ज नभइ रियल वर्ल्ड रेन्ज भएको कम्पनीले जनाएको छ।

सोहीकारण नाडा अटो शोमा पुग्ने हरेक अवलोकनकर्ताले नबिराइ हेर्ने विद्युतीय एसयूभी हो टाटा पन्च ईभी। आकर्षक डिजाइन र विशेषताले भरिएको र 'भ्यालू फर मनी' दिने यो कार धेरैको रोजाइ र चासोमा परेको हो।

tata (2).jpg

टाटा पन्च ईभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ। बहुप्रतिक्षित पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ।

१६ इन्च एलआरआर टायर, १ सय ९० एमएम ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन्।

यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३ सय ६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ। पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ। 

tata (3).jpg

फाइभ स्टार सेफ्टी रेटिङ पाएको पन्च ईभी

भारत एनसीएपी परीक्षणमा टाटाको एसयूभी पन्च ईभीले फाइभ स्टार रेटिङ पाएका हो। टाटा पन्च ईभीले बयस्कको लागि तय भएको ३२ अंकमा ३१.४६ अंक ल्याउन सफल भएको छ भने बालबालिकाका लागि तय भएका ४९ अंकमा पन्च ईभीले ४५ अंक पाएको हो।

अगाडिको ब्यारियर टेस्टमा पन्च ईभीले १६ मा १४.२६ अकं पायो भने साइड मुभेवल डिफर्मेबल ब्यारियर टेस्टको २४ अकंमा २३.९५ अंक पाएको हो। चाइल्ड रेस्टरेन्टमा १२ मा १२ र भेहिकल एसिसमेन्टमा १३ मा ९ अकं पाएको हो।

५ सिट क्षमताको पन्च ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोलसहितको एन्टिलक ब्रके, आईएसओफिक्स चाइल्ड सिट माउन्टस्, सबै सिटमा थ्री-प्वाइन्ट सिटबेल्टलगायत विशेषताहरु रहेका छन्।

tata (4).jpg

पन्च ईभीमा ठूलो आकारको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टमसहित एप्पल कारप्ले, एन्ड्रोइड र इन कार कनेक्टेड टेक रहेका छन्। त्यस्तै अन्य विशेषताहरुमा टू स्पोक फ्याट बटन स्टेरिङ ह्वील, पूर्णडिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३६० डिग्री क्यामेरालगायन छन्। 

नेपाल आएको पन्च ईभी ३५ किलोवाट आवरको ब्याट्रीयुक्त हो। पन्च ईभी नेक्सन ईभीभन्दा तल र टियागो तथा टिगोर ईभीभन्दा ठूलो कार हो। 

नेपालभरी टाटा इभी गाडीका लागि २६ डीसी फास्ट चार्जिङ स्टेसन, १ भन्दा ५० भन्दा बढी एसी फास्ट चार्जिङ, १ सय ५० भन्दा बढी एसी स्लो चार्जिङ नेटवर्क छ। यसैगरि १६ ईभी डेडिकेटेड सेवा सञ्जाल, र २२ वटा बिक्री केन्द्र रहेका छन्। सिप्रदीले नेपालमै पहिलो ब्याट्री रिपेयर सेन्टर तथा ईभी डेडिकेटेड वर्कशप सञ्चालन गरिसकेको छ।

tata (5).jpg
tata (6).jpg
tata (7).jpg


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११३:३१
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend