बिहीबार , असोज ३ गते २०८१    
images
images

नाडामा बीवाईडी : नयाँ एटो थ्री, सिलायन सेभेनदेखि ईभी प्लेटफर्मले खिच्दै उपभोक्ताको ध्यान

images
शुक्रबार, भदौ १४ २०८१
images
images
नाडामा बीवाईडी : नयाँ एटो थ्री, सिलायन सेभेनदेखि ईभी प्लेटफर्मले खिच्दै उपभोक्ताको ध्यान

उपभोक्ताको यही चासोलाई बीवाईडीले नाडा अटो शो २०२४ मार्फत सम्बोधन गरेको छ। बीवाईडीले विकास गरेको नयाँ ई प्लेटफर्म नाडामा राखिएको छ।

images
images

काठमाडौं- मंगलबारदेखि सुरू भएको नाडा अटो शो २०२४ मा पहिलो पटक विद्युतीय कारमा प्रयोग हुने ईभी प्लेटफर्म प्रदर्शनीमा राखिएको छ। बीवाईडीले बनाएको उक्त 'ई प्लेटफर्म ३.० इभो' नाडामा राखिएको हो।

images
images
images

बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले यो वर्षको नाडा अटो शोमा ई प्लेटफर्म ३.० इभो र यही प्लेटफर्म‌मा बनेको सिलायन सेभेन नाडामा प्रदर्शनीमा राखेको छ। सो प्लेटफर्म आधुनिक प्रविधियुक्त र उच्च कार्यदक्षतामा आधारित छ। 

विद्युतीय कार कस्तो प्लेटफर्ममा बनेको हुन्छ होला भन्ने धेरैको चासो हुन्छ। विद्युतीय कारबारे साचो राख्ने सबैलाई ईभी प्लेटफर्म कस्तो होला भन्ने लाग्नु स्वभाविक पनि हो। उपभोक्ताको यही चासोलाई बीवाईडीले नाडा अटो शो २०२४ मार्फत सम्बोधन गरेको छ। बीवाईडीले विकास गरेको नयाँ ई प्लेटफर्म नाडामा राखिएको छ। 

नाडा अटो शोमा आउने सबैजसो अवलोकनकर्ताको ध्यान ई प्लेटफर्मले खिचिरहेको छ। विद्युतीय कार बनेर गुडाउने सम्पूर्ण संयत्र देखिने भएकाले पनि धेरैको चासो सो प्लेटफर्ममा परेको छ। सोही प्लेटफर्ममा बनेको र पहिले पटक नेपाली बजारमा आएकाले सिलायन सेभेनलाई नाडामा पुगेकाले हेरेरै जाने गरेका छन्।

images
byd nada (2).jpg

सिलायन सेभेनको लम्बाई ८४ सय ३० एमएम, चौडाई १९ सय २५ एमए, उचाई १६ सय २० एमएम रहेको छ भने यो विद्युतीय एसयूभीको ह्वील वेस २९ सय ३० एमएम रहेको छ। 

सिलायन सेभेन दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा उपलब्ध छ। चीनमा यो कार तीन मोटर अप्सन १७०, २३० र ३९० किलोवाटमा पाइन्छ। सिलायन सेभेन स्ट्यान्डर्डले एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६  सय १० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। 

नाडामा नेपालमा सर्वाधिक रूचाइएको विद्युतीय एसयूभी बीवाईडी एटो थ्री २०२४ लाई उच्च प्राथमिकता दिएर राखिएको छ। नाडा अटो शोलाई नै लक्षित गरेर साइमेक्सले केही दिनअघिमात्र सो कार सार्वजनिक गरेको थियो।

byd nada (3).jpg

बीवाईडी एटो थ्री २०२४ को एडभान्स्ड भर्सनको मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै एटो थ्री सुपेरियर भर्सनको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ। 

यसअघि आएको एटो थ्रीमा १२.८ इन्चको स्क्रिन थियो भने २०२४ मोडलको एटो थ्रीमा १५.१६ इन्चको स्क्रिन उपलब्ध रहेको छ। कम्पनीका अनुसार यो गाडी सर्फ ब्लु, कस्मस ब्ल्याक, बोउल्डर ग्रे र स्कि ह्वाइट गरी चार कलर अप्सनमा बिक्रीका लागि उपलब्ध छ। 

एटो थ्रीको सुपरेरियर भर्सनमा ६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री छ। १ सय किलोवाट पिक पावर भएको मोटर जडान गरिएको यो गाडीले ३ सय १० एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै एक पटकको चार्जमा एटो थ्रीको सुपेरियर भर्सनले ४ सय २० किलोमिटर रेन्ज दिन्छ। यो रेन्ज डब्लूएलटीपी प्रमाणित रहेको कम्पनीको भनाइ छ।  

byd nada (5).jpg

त्यस्तै बीवाईडीले नयाँ भर्सनको एटो थ्रीमा टेल ब्याज पनि अपडेट गरेको छ। अहिलेको भर्सनको टेल ब्याजमा बीवाईडी लेखिएको छ। यसअघि बिउल्य योर डिङम्स लेखिएको थियो। यसको इन्टेरियरमा डार्क ब्लू र ब्ल्याकको मिश्रण पाउन सकिन्छ। कम्पनीका अनुसार यसलाई मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिन्छ। 

बीवाईडी एटो थ्रीको एडभान्स्ड भर्सनमा ४९.९२ किलोवाट आवर क्षमताको ब्याट्री छ। यसमा पनि सुपेरियर भर्सन जस्तै १ सय किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ। यसले पनि अधिकतम ३ सय १० एनएम टर्क जेनेरेट गर्छ।

byd nada (4).jpg

४९.९२ किलोवाट आवरको ब्याट्री प्याक भएकाले यसको रेन्ज एक पटकको फुल चार्जमा ३ सय ४५ किलोमिटर रहेको कम्पनीको भनाइ छ। बीवाईडीका विद्युतीय कारमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ। 

यसका साथै बीवाईडीको डलफिन पनि नाडामा पाउन सकिन्छ। बीवाईडीको सेडान सेगमेन्टको प्रिमियम कार सिल पनि नेपाली बजारमा बिक्री भइरहेको छ।

byd nada (6).jpg
byd e.jpg


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११७:०७
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend