बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा दिपल : डिजाइन र लुक्सले ‘बोलाउँछ’ अवलोकनकर्ता

शनिबार, भदौ १५ २०८१
नाडामा दिपल : डिजाइन र लुक्सले ‘बोलाउँछ’ अवलोकनकर्ता

नाडाका अवसरमा एमएडब्लूले आफ्नो सफल दिपल एस०७ विद्युतीय एसयूभी तथा भर्खरै बिक्री सुरु गरिएको फ्युचरिस्टिक दिपल एल०७ विद्युतीय सेडानमा ग्राहक स्किम बिग ब्याङ अफर घोषणा गरेको छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी चांगनको सबब्रान्ड दिपलका विद्युतीय कार नाडा अटो शो २०२४ मा आकर्षणको केन्द्र बनेको छ भन्दा फरक पर्दैन। आकर्षक डिजाइन र लुक्सले दिपलका दुई विद्युतीय कार एस०७ र एल०७ ले नाडामा आएका हरेक अवलोकनकर्तालाई बोलाइ रहेको आभाष गराउँछ। 

खरिद गर्ने हुन् वा सवारीमा चासो राख्ने हुन्, हरेक अवलोकनकर्ताले दिपलले बोलाएझैँ गरि दिपल एस०७ र एल०७ नजिकै पुगेर हेरिरहेका हुन्। कम्पनीले आफ्नो नारा पनि ‘टच द फ्युचर’ दिएको छ। अत्याधुनिक प्रविधि र डिजाइन टोनले उक्त नारालाई म्याच पनि गरेको छ। 

नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल ईभी कारको आधिकारिक वितकर एमएडब्लू वृद्धि अटोकर्प प्रालिले केही करिब ४ महिनाअघिबाट दिपल एस०७ कार बिक्री सुरु गरेको थियो। नाडा अटो शो २०२४ मा आइपुग्दा दिपलको अर्को नयाँ मोडल एल०७ मा नेपाली बजारमा आइसकेको छ। 

नाडाका अवसरमा एमएडब्लूले आफ्नो सफल दिपल एस०७ विद्युतीय एसयूभी तथा भर्खरै बिक्री सुरु गरिएको फ्युचरिस्टिक दिपल एल०७ विद्युतीय सेडानमा ग्राहक स्किम बिग ब्याङ अफर घोषणा गरेको छ। 

deepal nada (2).jpg

बिग ब्याङ अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्य या नि ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने भएका छन्। यो अभुतपूर्व अवसारमार्फत ग्राहकले दिपलको लोकप्रिय मोडेल एस०७ सहज ढंगमा किन्न सक्नेछन्। आकर्षक विद्युतीय कारका लागि कम्पनीले नाडा अवधिभरका लागि अफर पनि आकर्षक नै घोषणा गरेको हो। 

यसका साथै चांगानले नाडा अटो सोमा सार्वजनिक गरेको दिपल एल०७ विद्युतीय सेडानलाई ७ वर्षको लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा आफ्नो बनाउन सक्नेछन्। यो अफमार्फत ग्राहकले नेपालकै सबैभन्दा बढी विशेषताले भरिएको दिपल ईभीहरुको अनुभव लिन पाउनेछन्। 

नेपालमा सार्वजनिक भएको केही महिनामै दिपल एस०७ आफ्नो अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय बनेको छ। यसमा १५ भन्दा बढी विशेषताहरु छन्, जुन नेपालमै पहिलो पटक कुनै पनि कारमा प्रयोग भएका छन्।

deepal nada (3).jpg

यी विशेषताहरुमा वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्जेलिजेन्ट एडास २.५ आदि जसले दिपललाई लक्जरी र सुरक्षाका हिसाबले सबैभन्दा बढी फ्युचरिस्टिक ईभी बनाएको छ। 

दिपल एल०७ पनि एस०७ जस्तै लक्जरियस, इन्टेलिजेन्ट र प्राविधिक रुपमा बेजोड छ। ६६.८ किलोवाट आवर ब्याट्री भएको यो ईभीले सिंगल चार्जमा ५ सय ४० किलोमिटरको रेन्ज दिन्छ।

दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफम’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिनेछ। लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापाबल दुवै हुनेछ। यसका साथै यसमा रियर ह्विल ड्राइम रहनेछ जसले सन्तुलित पर्फमेन्स दिनेछ। यसको प्रयोग भएको एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसेन्सीलाई सबल बनाउनेछ।

deepal nada (4).jpg

फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई अझ अब्बल बनाएको छ। पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउँछ।

क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्र्टयाक्ट’ गर्ने यात्रुतिर आफै फर्कन्छ। दिपलमा ‘वेलकमिंग सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफै मिलाइदिन्छ।

deepal nada (5).jpg

दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि ७० लिटरको ‘फ्रंक’ स्पेस रहेको छ। यसमा रहेको १९ इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ।

सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’ सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’लगायत धेरै विशेषता छन्। 


प्रकाशित : शनिबार, भदौ १५ २०८११२:०४
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend