शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सांसदको आरोप : 'अर्थमन्त्री असफल बनाउन गभर्नर नै लागिरहेका छन्'

images
आइतबार, पुस २५ २०७८
images
सांसदको आरोप : 'अर्थमन्त्री असफल बनाउन गभर्नर नै लागिरहेका छन्'
images
images

काठमाडौं- अर्थतन्त्रमा पछिल्लो समय देखिइरहेका समस्याका बीच सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी नै अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागि परेको आरोप लगाएका छन्।

images
images
images

सांसद मोदीले विभिन्न समाचार माध्याममा आएको समाचारलाई उद्धृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेतासमेत रहनु भएका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहेको आरोप लगाए।

images
images

आइतबार सिंहदरबारमा आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले माओवादीबाट मन्त्री बनेका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन खोजेको बताए। 

images
images

‘ठूलाबडाले बैंकबाट ऋण पाइरहने, सर्वसाधारणले ऋण नपाउने जो स्थिति छ, त्यसलाई कसरी घटाउने? जो खाडल छ। तलसम्म बैंक जाने कुरामा कसरी सोच्नु भएको छ?' सांसद मोदीले भने, 'अर्को एउटा पनि हल्ला छ। विभिन्न समाचार माध्यामबाट समाचार पनि आउने गरेका छन् कि तपाईंहरूको टयूनिङ पनि मिलिराखेको छैन। राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादीको कार्यकर्ता। त्यसो भन्दाखेरी हाम्रो पार्टीका नेता मन्त्री। माओवादीको मन्त्रीले राम्रो काम गर्छ। उसलाई कसरी असफल बनाउने भनेर खोजी राख्नु भएको छ।'

सांसद मोदीले पहुँचवालालाई बैठकले ऋण दिने तर सर्वसाधारणलाई ऋण नदिने अवस्था आएको भन्दै आक्रोश समेत व्यक्त गरे।

यता, जवाफमा गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने सांसद मोदीको भनाइ गलत भएको बताए। 

उनले व्यूरोक्रेट्सहरूले, संस्था चलाउनुपर्ने व्यक्तिहरूले त्यस्तो खालको सोचाइ कहिल्यै नराख्ने तर्कसमेत गरे। गभर्नर अधिकारीले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादम्यता रहेको बताए। 

‘माननीय मोदीजीले उठाउनु भएको थियो- अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्पर्क आदिइत्यादि केही हो कि भनेर। म त्यसमा चाँही निवेदन गर्न चाहन्छु कि हामी व्यूरोक्रेट्सहरू, संस्था संचालन गर्नुपर्ने व्यक्तिहरूले कहिल्यै पनि त्यस्तो खालको सोचाइ राख्दैनौँ' गभर्नरले भने। गभर्नर अधिकारीले आफूहरूले बुझाउन नसकेको कारणले गर्दा पनि मिडियाहरूले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दाबीसमेत गरे। 


प्रकाशित : आइतबार, पुस २५ २०७८११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend