बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा लिपमोटर्स : नयाँ ब्रान्ड र नयाँ मोडल सी-१० को पहिलो उपस्थितिले नै हलचल

शुक्रबार, भदौ १४ २०८१
नाडामा लिपमोटर्स : नयाँ ब्रान्ड र नयाँ मोडल सी-१० को पहिलो उपस्थितिले नै हलचल

यो एसयूभीमा १ सय ९० एमएमको ग्राउन्ड क्लियरेन्स, ४ सय ३५ लिटरको बुट स्पेस र २८ सय २५ एमएम लामो ह्वील वेस रहेको छ।

काठमाडौं- चिनियाँ ब्रान्ड लिपमोटर्स पहिलो पटक नेपाली बजारमा नाडा अटो शो २०२४ मा उपस्थित भएको हो। लिपमोटर्सको केही प्रतिशत स्वामित्व युरोपेली कार निर्माता कम्पनी स्टेलेन्टिसले यो ब्रान्डको चर्चा संसारभर चुलिएको छ।

लिपमोटर्सको सी-१० एसयूभी नाडा अटो शोमा सार्वजनिक भएको छ। लिपमोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले सी-१० को बुकिङ समेत सुरु गरेको छ।

कम्पनीले सी-१० एसयूभीको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरेको हो। लिपमोटर्सको सी-१० साइजमा निकै ठूलो र अयाधुनिक विशेषताले भरिएको र आकर्षक मूल्यमा आएकाले लिपमोटर्स सी १० ले नाडामा हलचल नै ल्याएको छ।

‘मोर देन पावरफुल’ नारासहित सार्वजनिक भएको सी-१० मोडल निकै बलियो बडी स्ट्रक्चरसहितको एसयूभी भएको कम्पनीको दाबी छ। यसले सुरक्षा परीक्षणमा यूरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ।

leapmotor (2).jpg

यो एसयूभीमा १ सय ९० एमएमको ग्राउन्ड क्लियरेन्स, ४ सय ३५ लिटरको बुट स्पेस र २८ सय २५ एमएम लामो ह्वील वेस रहेको छ।

यो एसयूभीको भित्र सफ्टटच मेटेरियरल प्रयोग गरेर बनाइएको ड्यासबोर्ड, चालकको हाइट अनुसार ४ तरिकाले मिलाउन मिल्ने स्टेरिङ, हिडन एसी भेन्ट, हिटेड र भेन्टिलेटेड सिट, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, हिटेड स्टेरिङ जस्ता प्रिमियम विशेषता छन्।

leapmotor (3).jpg

१०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको सेन्ट्रल टच स्कृन दिइएको एसयूभीमा वायरलेस चार्जर, १२ स्पीकर, इन्टेलिजेन्ट ड्राइभर एसिस्ट सिस्टम उपलब्ध छ। 

लिपमोटर्सले सी १० मा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ। उक्त ब्याट्रीले सिंगल चार्जमा ४ सय २० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी प्रमाणित गरेको छ। गाडीमा १ सय ६० किलोवाट पिक पावरको मोटर दिइएको छ।

leapmotor (4).jpg
leapmotor (5).jpg


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११५:१३
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend