बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय

images
शुक्रबार, भदौ १४ २०८१
images
images
मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय

अर्यालले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयको सचिवको रुपमा जिम्मेवारी सम्हालिसकेका छन्।

images
images

काठमाडौं- सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ। 

images
images

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई यही भदौ १६ गतेदेखि लागु हुनेगरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। 

images
images

मुख्यसचिव लीलादेवी गडतौला शुक्रबारबाट अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले अर्याललाई मुख्य सचिवको जिम्मेवारी दिएको हो। 

images
images
images

नायब सुब्बाबाट २०४६ साल माघ ४ गते अर्याल निजामति सेवामा प्रवेश गरेका थिए। अर्यालले विभिन्न मन्त्रालयहरुमा नेपाल सरकारको सचिवरुपमा अनुभव हासिल गरेका छन्।

अर्यालले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सामाजिक सुरक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रालयको सचिवको रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। 

स्याङ्जाको करेनडाडा-४ मा जन्मिएका अर्यालले उद्योग विभाग, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा समेत काम गरिसकेका छन्। 


प्रकाशित : शुक्रबार, भदौ १४ २०८१०९:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend