मंगलबार, असोज ८ गते २०८१    
images
images

ऊर्जामन्त्री खड्का र आईएफसीका प्रतिनिधिबीच छलफल, आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता

images
बिहीबार , भदौ १३ २०८१
images
images
ऊर्जामन्त्री खड्का र आईएफसीका प्रतिनिधिबीच छलफल, आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता

भेटमा फाएले नेपालले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गरेकाले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) का नेपाल प्रतिनिधि बाबकर फाएबीच नेपालको ऊर्जा र जलस्रोत क्षेत्रको विकासका बारेमा छलफल भएको छ।

images
images
images

ऊर्जा मन्त्रालयमा आज भएको छलफलमा मन्त्री खड्काले आईएफसीले नेपालको ऊर्जा र जलस्रोतको विकासमा गरेको सहयोग सराहनीय रहेको बताए। उनले नेपालका गौरवका आयोजनामा आवश्यक वित्तीय परामर्श सँगसँगै ठूला आयोजनालाई समयमा नै काम सम्पन्न गराइ आर्थिक विकासमा थप सहयोग गर्न आईएफसीको ठूलो सहयोग रहेको बताए।

उनले अपर अरुण, बुढीगण्डकी, अपर कर्णालीजस्ता ठूला आयोजनाको विकासमा राज्य लागेकाले विश्व बैंक र आईएफसीजस्ता संस्थाको विशेष सहयोग रहेको उल्लेख गरे। मन्त्री खड्काले जलविद्युत् क्षेत्रमा गर्दै आएको विकासका लागि धन्यवाद दिँदै आगामी दिनमा सिँचाइ क्षेत्रसमेतमा सहयोगको खाँचो रहेको बताए।

भेटमा फाएले नेपालले ऊर्जा क्षेत्रमा लगानीको वातावरण निर्माण गरेकाले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। भविष्यमा ग्रीन फाइनान्स र वैकल्पिक ऊर्जामा पनि लगानी विस्तार गर्दै आगामी दिनमा नेपाललाई ऊर्जा क्षेत्रमा समृद्ध बनाउने प्रयासमा आईएफसी रहेको बताए। रासस

images


प्रकाशित : बिहीबार , भदौ १३ २०८११८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend