मंगलबार, असोज ८ गते २०८१    
images
images

ग्लोबल आईएमई बैंक र एमएडब्लूबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

images
बिहीबार , भदौ १३ २०८१
images
images
ग्लोबल आईएमई बैंक र एमएडब्लूबीच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारीसाधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको जनाएको छ।

images
images

काठमाडौं- ग्लोबल आईएमई बैंक लिमिटेड र एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लू वृद्धि अटोकर्पबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।

images
images
images

उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लू वृद्धि अटोकर्प मोटर्सका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार एमएडब्लू वृद्धि मोटर्स एवम् एमएडब्लू वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने विद्युतीय गाडीहरु दीपल, सेरेस र नामी खरिद गर्ने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्य दिनभित्र सरल ब्याजदरमा कर्जा प्राप्त गर्ने बैंकले जनाएको छ।

दीपल र सेरेस ब्रान्डका विद्युतीय गाडीहरु नेपाली प्रयोगकर्ताहरुमाझ लोकप्रिय रहेको छ र उक्त कम्पनीले नाम्मी ब्रान्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री सुरुवात गरिसकेको जनाएको छ।

images

ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारीसाधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ। बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको जनाएको छ। 

मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले आफ्ना ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। 

साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको पनि जनाएको छ।


प्रकाशित : बिहीबार , भदौ १३ २०८११८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend