बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा पाँचसय रूपैयाँ छुट

बिहीबार , भदौ १३ २०८१
सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकटमा पाँचसय रूपैयाँ छुट

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट ५ सय रूपैयाँको आकर्षक छुट पाउनेछन्।

सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने बैंकले जनाएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

सिटिजन्स बैंकले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : बिहीबार , भदौ १३ २०८११७:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend