मंगलबार, असोज ८ गते २०८१    
images
images

नेपालसहित विश्वव्यापी कार्यक्रम गरी फोटोनले मनायो २८औँ वार्षिकोत्सव

images
बिहीबार , भदौ १३ २०८१
images
images
नेपालसहित विश्वव्यापी कार्यक्रम गरी फोटोनले मनायो २८औँ वार्षिकोत्सव

नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्प्रित रहेको सन्देश दिइएको कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- विश्वको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता कम्पनी फोटोनले नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आफ्नो २८औँ वार्षिकोत्सव मनाएको छ।

images
images
images

नेपालमा एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा भव्यताका साथ फोटोनको २८औँ वार्षिकोत्सव मनाएको थियो। नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तर सफलता र स्थानीय समुदायको सेवामा समर्प्रित रहेको सन्देश दिइएको कम्पनीले जनाएको छ।

कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल र प्रबन्ध निर्देशक विवेक सिकरिया, सीईओ तुषार गुप्तालगायत फोटोन नेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो।

फोटोन मोटर्सको आधिकारिक वितरक एमएडब्लूले हाइरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वानजस्ता कुशल र भरपर्दो सवारीसाधनहरूको रेन्ज प्रदान गर्ने जनाएको छ। फोटोनको उत्कृष्ट प्रमाणित ट्र्याक रेकर्ड र नयाँ टेक्नोलोजीहरुको प्रतिबद्धताले फोटोनलाई नेपाली बजारमा निरन्तर वृद्धि र सफलता दिलाएको कम्पनीको भनाइ छ।

images


प्रकाशित : बिहीबार , भदौ १३ २०८११६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend