मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

रित्तिए हुम्लाका खाद्य डिपो, महँगोमा चामल किन्नुपर्ने बाध्यता

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २५ २०७८
images
images
रित्तिए हुम्लाका खाद्य डिपो, महँगोमा चामल किन्नुपर्ने बाध्यता

गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको भनाइ छ । 

images
images

हुम्ला- खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन्। हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन। 

images
images

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ। गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको भनाइ छ। 

images
images

लिमिटेड शाखा कार्यालय हुम्लाले हिन्दूहरुको महान पर्व दसैँतिहारको अवसरमा खाद्यान्न बिक्री वितरण गरेपछि ती खाद्य डिपोहरू रित्तिएका हुन्। चालु आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य सुरु हुन सकेको छैन। लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षका लागि हवाई तथा पैदल मार्गबाट ढुवानी हुने गरी २१ हजार पाँच सय क्विन्टल खाद्यान्न कोटा निर्धारण भएको थियो।

images
images
images

हवाई मार्गबाट ढुवानीका लागि सीता एयरलाइन्सले टेन्डर स्वीकार गरेको छ। हिमपातका कारणले खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ। चालु आर्थिक वर्षका लागि हुम्लामा २१ हजार पाँच सय क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको भए पनि हालसम्म एक हजार क्विन्टल चामल मात्र प्राप्त भएको लिमिटेडको हुम्ला शाखा प्रमुख अधिकारीको भनाइ छ।

खाद्य गोदाममा आएको उक्त चामल मृतकका परिवार वा सुत्केरीलाई आपत्विपत् तथा चाडपर्वमा वितरण गरेर बाँकी रहेका चामल विभिन्न पार्टीको अधिवेशनले गर्दा सकिएको थियो। हवाई मार्गबाट नेपालगञ्जदेखि चार हजार क्विन्टल र सुर्खेतदेखि ६ हजार क्विन्टल चामल ढुवानी हुनुपर्नेमा ढुवानी नभएकाले पैदल मार्गबाट श्रीनगर डिपो सर्केगाड डिपोमा आउनुपर्ने चामलसमेत आएका छैनन्।

उक्त डिपोमा खच्चरबाट आउने खाद्यान्न यस वर्षको हिमपातले गर्दा ढुवानी गर्न नसिकएको बताइएको छ। हुम्ली जनता खाद्यान्न नपाउँदा भोकमारीको चपेटामा परेका छन्। जुनसुकै सरकार आए पनि हुम्लामा खाद्यान्नको अभाव हुनेगर्छ। रासस


प्रकाशित : आइतबार, पुस २५ २०७८११:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend