बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा जीकर : प्रिमियम ब्रान्डको दरिलो उपस्थिति

शुक्रबार, भदौ १४ २०८१
नाडामा जीकर : प्रिमियम ब्रान्डको दरिलो उपस्थिति

कम्पनीले जीकर एक्स टू ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा नेपाल ल्याएको हो। कम्पनीले नाडा अटो शो दुवै गाडीमा १० लाख रुपैयाँसम्म छुटको अफर सार्वजनिक गरेको छ।

काठमाडौं- नाडा अटो शो २०२४ मा प्रिमियम विद्युतीय सवारीको बाक्लो उपस्थिति रहेको छ। चिनियाँ सवारी जायन्ट जीली होल्डिङको स्वामित्वमा रहेको जीकर ब्रान्ड विद्युतीय प्रिमियम सवारी उत्पादनमा अब्बल सावित भइसकेको छ। चिनियाँ तथा विश्व बजारमा जीकरको राम्रो प्रशांसा भइरहेको छ। 

नेपाली बजारमा पनि नाडा अटो शो २०२४ मा जीकर ब्रान्ड सार्वजनिक भएको हो। सारडा समूहअन्तर्गतको पायोनियर मोटोकर्पले जीकर ब्रान्डसँग यसको प्रिमियम विद्युतीय कार जीकर एक्स बिक्री सुरु गरेको हो। 

कम्पनीले जीकर एक्स टू ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा नेपाल ल्याएको हो। कम्पनीले नाडा अटो शो दुवै गाडीमा १० लाख रुपैयाँसम्म छुटको अफर सार्वजनिक गरेको छ। 

पायोनियरले टू ह्वील ड्राइभ भेरियन्टको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। कम्पनीले यसअघि यसको सुरुवाती मूल्य ८९ लाख ९९ हजार रुपैयाँ तोकेको थियो। त्यसैगरी फोर ह्वील ड्राइभ भर्सनको मूल्य १ करोड ४९ लाख रुपैयाँ तोकिएको छ। यी दुई भेरियन्टमा मूल्यमा ठूलो अन्तर हुनुमा मोटर पावर मुख्य कारण भएको कम्पनीले जनाएको छ। 

zeekr nada (2).jpg

रियर ह्वील ड्राइभमा २ सय किलोवाट र अल ह्वील ड्राइभमा ३ सयि १५ किलोवाट क्षमताको मोटर रहेको छ। कम्पनीका अनुसार ४ सय ४० किलोमिटर रेन्ज दिने जीकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। 

जीकर एक्सले २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ। यसमा रहेको एसी चार्जरले नै ४ घन्टामा गाडी फुल चार्ज गर्न सक्छ। डीसी चार्जर भने १ सय ५० किलोवाटसम्मको सपोर्ट गर्छ।

एरोडाइनामिक्स डिजाइन, कटिङ एज टेक्नोलोजीको प्रयोग, पानारोमिक सनरुफ, डबल एज्ड डीआरएल, क्लोज अफ ग्रिल यसमा रहेको छ। एक्समा जीकरको इन्टेलिजेन्ट बी पीलरको प्रयोग भएको छ। त्यसको सहायताले गाडीमा प्रवेश गर्नुअघि नै महत्वपूर्ण जानकारी डोर ह्याण्डलमा देखाउनेछ।

zeekr nada (3).jpg

गुणस्तरीय अडियो सिस्टम, भ्यान्टिलेटेड सिट, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्ट्रुमेन्ट क्लस्टर, चालकले गाडीसँग कुरा गर्न मिल्ने ककपिट जीकर एक्समा पाइन्छ। 

जीकरको सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चरमा बनेको एक्स मोडलमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टम रहेको छ। नाडामा आउने र प्रिमिय विद्युतीय कार खोज्नेहरुको पहिरो रोजाईमा जीकर एक्स हुने गरेको छ। 

zeekr nada (4).jpg
zeekr nada (5).jpg


प्रकाशित : शुक्रबार, भदौ १४ २०८११९:२०
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend