सोमबार, माघ २१ गते २०८१    
सोमबार, माघ २१ २०८१
images
images

नाडामा किया : नयाँ सेल्टासदेखि प्रिमियम विद्युतीय एसयूभी ईभी नाइनसम्म

images
शुक्रबार, भदौ १४ २०८१
images
images
नाडामा किया : नयाँ सेल्टासदेखि प्रिमियम विद्युतीय एसयूभी ईभी नाइनसम्म

किया विद्युतीय कार र पेट्रोलियम कारसहित नाडामा आएको छ।

images
images

काठमाडौं- किया विद्युतीय कार र पेट्रोलियम कारसहित नाडामा आएको छ। नाडा अटो शोमा सबैभन्दा आकर्षक विद्युतीय सवारी मध्येको एक हो किया ईभी नाइन। यो नेपालमा उपलब्ध मधयेको ठूलो पूर्णआधारको विद्युतीय एसयूभी पनि हो। 

images
images
images

अटो शोमा कियाले प्राथमिकताका साथ किया ईभी नाइन र ईभी सिक्सलाई प्रदर्शनीमा राखेको छ। कियाको ईभी सिक्स क्रसओभर विद्युतीय कार हो। यो कार करिब एक वर्षअघि नेपाली बजारमा आएको थियो। 

images

किया ईभी नाइन भने केही महिनाअघिमात्र नेपाली बजारमा भित्रिएको थियो। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ईभी नाइन, ईभी सिक्स र अन्य पेट्रोल कार नाडा अटो शोमा राखेको छ। 

images
images
images

किया ईभी नाइनको लम्बाई ५ हजार १४ एमएम, चौडाई १ हजार ९ सय ८० एमएम र उचाई १ हजार ७ सय ८० एमएम रहेको छ। ह्वीलबेस भने टोयोटा ल्यान्डक्रुजर ३०० कोभन्दा किया ईभी नाइनको धेरै रहेको छ। ल्यान्डक्रुजर ३०० को ह्वीलबेस २ हजार ८ सय ५० एमएम छ भने ईभी नाइनको ह्वीलबेस ३ हजार ९८ एमएम रहेको छ। 

kia nada (2).jpg

ल्यान्डक्रुजर ३०० को नेपाली बजारमा मूल्य ५ करोडभन्दा बढी रहेको छ। समान स्पेसिफिकेसन भएको किया ईभी नाइनको मूल्य १ करोड ८९ लाख रुपैयाँ रहेको छ। कियाले विद्युतीय सवारी उत्पादनमा हालसम्म दिइएको भन्दा धेरै वारेन्टी दिएको दाबी गरेको छ। कियाले ईभी नाइनको ब्याट्रीमा १० वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी घोषणा गरेको छ। 

किया ईभी नाइनले २०२४ वल्र्ड कार अवाड र नर्थ अमेरिकी युटिलिटी भेहिकल अफ द इयर अवार्डसमेत प्राप्त गरेको छ। ७ सिट क्षमताको यो विद्युतीय एसयूभी ३५० किलोवाटको डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज हुन जम्मा २४ मिनेटमात्र लाग्ने दाबी कम्पनीले गरेको छ। यो एसयूभीमा फ्रन्ट सेन्टर हेड प्रोटेक्सनसहित १० वटा एयर ब्याग रहेको छ। 

kia nada (3).jpg

९९.८ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध ईभी नाइनमा डुअल मोटरसहित ई एडब्लूडी रहेको छ। त्यस्तै यो गाडीले ३ सय ७९ एचपी पावर र ५ सय १६ एनएम टर्क जेनेरेट गर्छ। ईभी नाइनले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ४.५ सेकेन्डमै तय गर्न सक्छ।

किया ईभी सिक्स पनि उत्तिकै आकर्षक र विशेषतायुक्त रहेको छ। किया ईभी सिक्समा ७७.४ किलोवाट आवरको ब्याट्री रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ५ सय १० किलोमिटर रेन्ज दिने छ भने यसमा १ सय ६० किलोवाट पिक पावरको मोटर रहेको छ।

त्यस्तै कन्टिनेन्टलले २०२४ मोडलको किया सेल्टोस कार पनि नाडामा प्रदर्शनीका लागि राखेको छ। योसँगै कियाका सोनेट, सोरेन्टो हाइब्रिडलगायत कार नेपाली बजारमा उपलब्ध छन्। 

kia nada (4).jpg
kia nada (5).jpg
kia nada (6).jpg

kia na.jpg


प्रकाशित : शुक्रबार, भदौ १४ २०८१११:४९
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend