सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको योगदान महत्वपूर्ण : पूर्वाधारमन्त्री दाहाल

images
बिहीबार , भदौ १३ २०८१
images
अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको योगदान महत्वपूर्ण : पूर्वाधारमन्त्री दाहाल

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो शो तथा नेपालमा अटोमोबाइल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे पूर्वाधारमन्त्री देवेन्द्र दाहाललाई जानकारी गराएका थिए।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन्।

images
images
images

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडाैंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकनका लागि आज यहाँ पुगेका मन्त्री दाहालले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए। 

images
images

देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोबाइल्स क्षेत्रले महत्वपूर्ण सहयोग पुर्‍याइरहेको बताउँदै उनले नागरिकलाई आधुनिक, सुलभ र सुरक्षित अटोमोबाइल्स सेवा पुर्‍याउन मन्त्रालय नाडासँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

images
images

अटोमोबाइल्स तथा यससँग सम्बन्धित उद्योग तथा व्यावसायले नेपालमा स्वरोजगारी सिर्जना गरिरहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए।

यही भदौ ११ देखि १६ गतेसम्म सञ्चालन हुने अटो शो अवलोकनका लागि मन्त्री दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत मन्त्रालयका अधिकारी सहभागी भएका थिए।

एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो शो तथा नेपालमा अटोमोबाइल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराएका थिए। रासस


प्रकाशित : बिहीबार , भदौ १३ २०८११५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend