बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

सेयर बजार घट्दा पनि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा किन लाग्याे सकारात्मक सर्किट?

बिहीबार , भदौ १३ २०८१
सेयर बजार घट्दा पनि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा किन लाग्याे सकारात्मक सर्किट?

एक वर्षअगाडि ७ सय २१ रुपैयाँ न्यूनतम सेयर मूल्य रहेको कम्पनीको बीचमा बढेर २ हजार ७ सय २६ रुपैयाँ पुगेको थियो।

काठमाडौं- जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा बिहीबार सकारात्मक सर्किट लागेको छ।

बिहीबार ३६.८३ अंकले घटेको बजारमा कुथेली बुखरीको सेयर मूल्य प्रतिकित्ता १८४.७० रुपैयाँले बढेर २०३१.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। सानो कम्पनी भए पनि नाफा उच्च गरेपछि यसमा लगानीकर्ताको आकर्षण देखिएको छ।

एक वर्षअगाडि ७ सय २१ रुपैयाँ न्यूनतम सेयर मूल्य रहेको कम्पनीको बीचमा बढेर २ हजार ७ सय २६ रुपैयाँ पुगेको थियो। १२ लाख १८ हजार कित्तामात्रै सेयर रहेको कम्पनीमा कर्नरिङ गरेर मूल्य बढाइएको अनुमान गरिएको छ।

कम्पनीले गतवर्ष १ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ३ करोड ३७ लाख रुपैयाँ रहेको छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल नाफा ३ करोड ३ लाख रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा २ करोड ३२ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ९५ पैसा रहेको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात ११६.७० गुणा रहेको छ।


प्रकाशित : बिहीबार , भदौ १३ २०८११५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend