बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा ओमोडा/जेको : अब्बल एसयूभी र अफ रोड जेको जे-सिक्स

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १४ २०८१
नाडामा ओमोडा/जेको : अब्बल एसयूभी र अफ रोड जेको जे-सिक्स

एसपीजी अटोमोवाइलले जेसिक्स नाडामा सार्वजनिक गरेर बुकिङसमेत खुला गरेको छ। यो विद्युतीय अफरोड एसयूभीको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिन थालेको हो।

काठमाडौं- चिनियाँ कम्पनी चेरी अटोमोबाइलअन्तर्गतका दुई ब्रान्ड ओमोडा र जेकोका विद्युतीय कार नाडा अटो शोमा प्रदर्शनीका लागि राखिएका छन्। ओमोडाको ई फाइभको नयाँ भर्सन र जेको जे-सिक्स नाडामै अटो शोमै सार्वजनिक भएको हो। 

ओमोडा तथा जेको ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले एसयूभी सेमेन्टको ओमोडा ई फाइभ र अफरोड एसयूभी जेको जे-सिक्स अटो शोमा राखेको छ। यी दुवै विद्युतीय कार आकर्षक डिजाइन र विशेषतायुक्त छन्। 

एसपीजी अटोमोवाइलले जे-सिक्स नाडामा सार्वजनिक गरेर बुकिङसमेत खुला गरेको छ। यो विद्युतीय अफरोड एसयूभीको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ लिन थालेको हो।

अफरोड विद्युतीय एसयूभी जेको जे-सिक्स नाडा अटो शोमा चर्चा र धेरैको चासोको सवारी बनेको छ। हाल यो कार रेयर ह्वील ड्राइभ सिस्टममा १ सय ३५ किलोवाट पिक पावरको मोटरसहित उपलब्ध रहेको छ। केही समयपछि कम्पनीले अल ह्वील ड्राइभ अप्सनमा पनि जे-सिक्स नेपाली बजारमा उपलब्ध हुनेछ। 

omoda jeco (5).jpg

पछाडि ढोकामा झुन्डाएर दिइएको छुट्टै टुल बक्सले यसको डिजाइनमा नयाँपन दिएको छ। आकर्षक डिजाइनमा बनेको १९ इन्चको ह्वील, २ सय २० एनएम टर्क र २ सय एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको कारण यसलाई अफरोड बाटाहरुमा सजिलै गुडाउन सकिन्छ।

अफरोड एसयूभी डिजाइनमा भएर पनि पानारोमिक सनरुफ, भेन्टिलेटेड र हिटेड सिट, डिउल जोन एसी, १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ९.२ इन्चको इन्ट्रुमेन्टल क्लस्टर, वायरलेस चार्जर, ३६० डिग्री क्यामरा, इलेक्ट्रिक पार्किङ ब्रेक, ६ वटा एयरव्याग, क्यामरा वेसको लेवल २ एडास, भेहिकल स्टेबिलीटी कन्ट्रोल, फ्रन्ट र रियरको पार्किङ सेन्सरलगायत विशेषता छन्।

omoda jeco (4).jpg

कम्पनीले यो ईभीमा ६५.६९ किलोवाट आवरको व्याट्री प्याक रहेको यो ईभीले एक पटकको फुल चार्जमा ४ सय किलोमिटरसम्मको रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ।

यता एसपीजी अटोमोबाइलले गत वर्ष नेपाली बजारमा ओमोडा ई फाइभ ल्याएको थियो। ओमोडा ई फाइभमा केही परिमार्जन गरेर ल्याइएको नयाँ भर्सन नाडा अटो शोमा सार्वजनिक गरिएको हो। उक्त विद्युतीय कारमो मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

omoda jeco (2).jpg

एसपीजी अटोमोवाइलले केही विशेषता हटाएर प्रतिस्पर्धी मूल्यमा ओमोडा ई फाइभ नेपाल ल्याएको हो। यसअघि टप भेरियन्टको ई फाइभको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो। 

नाडा अटो शोमा ओमोडा तथा जेकोको स्टलमा अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ। दुवै विद्युतीय कारमा उपभोक्ताको चासो रहेको कम्पनीले जनाएको छ। 

omoda jeco (3).jpg


प्रकाशित : शुक्रबार, भदौ १४ २०८१०९:५०
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend