सोमबार, जेठ ५ गते २०८२    
सोमबार, जेठ ५ २०८२
images
images

हावाहुरीले घोगा लाग्न थालेका मकैबालीमा क्षति, किसानलाई खाद्यसंकटको चिन्ता

images
बिहीबार , भदौ १३ २०८१
images
हावाहुरीले घोगा लाग्न थालेका मकैबालीमा क्षति, किसानलाई खाद्यसंकटको चिन्ता

यहाँका चार सयभन्दा बढी परिवारले लगाएका सयौँ रोपनी मकैबालीमा क्षति भएपछि खाद्यान्न संकट पर्ने किसान हरिबहादुर खत्री बताउँछन्।

images
images

सुर्खेत- घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पुर्‍याउँदा जाजरकोट नलगाड नगरपालिका-८ हल्चौरका किसान चिन्तित भएका छन्। घोगा लाग्न थालेका मकै नष्ट भएपछि यहाँका किसान चिन्तित बनेका हुन्।

images
images
images

मुख्यबालीका रुपमा रहेको मकैबालीमा हावाहुरीले बोट भाँचिदिएपछि समस्या उत्पन्न भएको किसान हरिबहादुर खत्रीले बताए। यहाँका चार सयभन्दा बढी परिवारले लगाएका सयौँ रोपनी मकैबालीमा क्षति भएपछि खाद्यान्न संकट पर्ने उनले उल्लेख गरे।

images
images

बुधबार आएको हावाहुरीले भएको क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेको किसान विष्णु खत्रीले जानकारी दिए। भूकम्पबाट प्रभावित भएको ठाउँमा फेरि हावाहुरीले अन्नबाली नष्ट गरेपछि समस्या भएको उनको भनाइ छ।

images
images

नलगाड-८ का वडाध्यक्ष तेजबहादुर सिंहले ठूलो मात्रामा किसानका मकैबाली नष्ट भएको बताए। वडामा सहयोग गर्न रकम नभएकाले सरोकार भएका अन्य निकायसँग क्षतिपूर्तिका लागि पहल गर्ने उनले उल्लेख गरे। रासस


प्रकाशित : बिहीबार , भदौ १३ २०८११३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend