बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

नाडामा एमजी : जेडएस ईभीमा विशेष छुट, एमजी फोरमा आकर्षण

images
बिहीबार , भदौ १३ २०८१
images
images
नाडामा एमजी : जेडएस ईभीमा विशेष छुट, एमजी फोरमा आकर्षण

एमजी जेडएस ईभी डिलक्स स्ट्यान्डर्ड भर्सनको एमजीको एकसय वर्ष पूरा भएको अवसरमा छुट दिएको हो। कम्पनीले जेडएस ईभी डिलक्स स्ट्यान्डर्डको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

images
images

काठमाडौं- नाडा अटो शोमा एमजीको विद्युतीय स्पोर्टस कार साइबरस्टार प्रदर्शनीमा राखिएको थियो। मंगलबारबाट सुरु भएको अटो शोको दोस्रो दिन भने उक्त साइबरस्टार हटेको छ। 

images
images

उक्त विद्युतीय स्पोर्टस कार साइबरस्टार बिक्री भएको र एमजीका लागि उपलब्ध स्टल पनि साँघुरो भएकाले उक्त कारलाई प्रदर्शनीमा नराखिएको हो। यो कारमा उपभोक्ताको ओइरो नै लागेको थियो। 

images
images

यसका साथै एमजीको सदाबहार विद्युतीय कार जेडएस ईभी र एमजी फोर ईभी नाडा अटो शो २०२४ मा राखिएको छ। एमजी जेडएस ईभी नेपाली बजारमा पूर्णरुपमा सफल भएको विद्युतीय कार हो। यो कार नेपाली उपभोक्ताले चलाएको ५ वर्ष भइसकेको छ। 

images
images

एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नाडा अटो शो कै अवसरमा जेडएस ईभीमा विशेष छुटको व्यवस्था गरेको छ। एमजी मोटर्सको १ सय वर्ष पूरा भएको अवसरमा प्रिन्सिपल कम्पनीकै सहयोगमा पारामाउन्ट मोटर्सले जेडएस ईभीमा विशेष छुटको अफर ल्याएको हो। 

mg nada (3).jpg

एमजी जेडएस ईभी डिलक्स स्ट्यान्डर्ड भर्सनको एमजीको एकसय वर्ष पूरा भएको अवसरमा छुट दिएको हो। कम्पनीले जेडएस ईभी डिलक्स स्ट्यान्डर्डको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। 

यो मूल्य अक्टोबर ५ सम्मका लागि लागु हुने कम्पनीले जनाएको छ। पारामाउन्टले एमजीको सय वर्ष पूरा भएको विशेष अवसरमा नेपाली उपभोक्तालाई पनि नाडा तथा दसैँतिहारमा विशेष अवसर उपलब्ध गराएको जनाएको छ। 

mg nada (4).jpg

यसअघि यो विद्युतीय एसयूभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ थियो। अक्टोबर ५ पछि पनि जेडएस ईभीको मूल्य पुरानै हुने कम्पनीको भनाइ छ। 

सुरक्षा र विभिन्न सेवासुविधामा समेत अब्बल एमजी जेडएस ईभीमा ६ वटा एयरब्याग्स, हिल लन्च, असिस्ट, स्पीड असिस्टेन्स सिस्टम, वायरलेस चार्जिङलगायतका सुविधा छन्। 

mg nada (2).jpg

त्यस्तै प्रिमियम ह्याचब्याक सेगमेन्टको एमजी जेडएस ईभी नेपाली उपभोक्ताको रोजाइमा परेको विद्युतीय कार हो। स्पार्टि लुक्स आकर्षक डिजाइनले यो विद्युतीय कार धेरैको रोजाइमा परिरहेको छ। 

एमजीले विद्युतीय कार बिक्रीका साथै सर्भिस सेन्टरको विस्तारलाई पनि प्राथमिकतामा राखेको छ। हाल ललितपुरको कुसुन्तीमा सर्भिस सेन्टर सञ्चालन गरिरहेको र अबको केही समयमै काठमाडौंका दुई स्थानमा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने कम्पनीले वनाएको छ। 

mg nada (5).jpg


प्रकाशित : बिहीबार , भदौ १३ २०८११२:२९
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend