बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ब्रम्हचारी दामोदरानन्द कलेजमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

बिहीबार , भदौ १३ २०८१
ब्रम्हचारी दामोदरानन्द कलेजमा कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्याथीहरुका लागि बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय मिर्चैयामार्फत श्री ब्रम्हचारी दामोदरानन्द कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कलेजका प्रमुख, शिक्षक र स्नातक तथा स्नानकोत्तर तहका विद्याथीहरुका लागि बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो। बैंकका अनुसार उक्त कार्यक्रममा ७० जनाभन्दा बढी विद्याथीहरुको सहभागिता रहेको थियो।

बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरुलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकतालगायतका विषयमा साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ।

उक्त साक्षरता कार्यक्रममा बोल्दै कलेजका प्रमुख सन्जय कुमार साहले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजना गरिएको कार्यक्रम सकारात्मक रहेको बताए।

साथै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।


प्रकाशित : बिहीबार , भदौ १३ २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend