बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

ज्योति विकास बैंकका ग्राहकलाई मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिकमा विशेष छुट

बिहीबार , भदौ १३ २०८१
ज्योति विकास बैंकका ग्राहकलाई मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिकमा विशेष छुट

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १ सय २१ शाखा कार्यालयमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

काठमाडौं- ज्योति विकास बैंक लिमिटेडले ललितपुरस्थित मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा बैंकका ग्राहकहरुलाई २० प्रतिशतसम्मको छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात ज्योति विकास बैंकका ग्राहकहरूले उक्त क्लिनिकमा इन-हाउस परीक्षणहरू गराउँदा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

त्यसैगरी, हालै बैंकले काठमाडौंस्थित प्रख्यात ट्रानक्विलिटी स्पा स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

साथै लुगासुगा ट्रेडर्समा सामान खरिद गर्दा २२ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

यस्तै बैंकले आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याइ समाजप्रति थप उत्तरदायी बनेको र  बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको जनाएको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १ सय २१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।


प्रकाशित : बिहीबार , भदौ १३ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend