मंगलबार, कात्तिक २७ गते २०८१    
images
images

नाडामा हाइगर : अब्बल विद्युतीय माइक्रोबस

images
बिहीबार , भदौ १३ २०८१
images
images
नाडामा हाइगर : अब्बल विद्युतीय माइक्रोबस

नाडा अटो शो आउने अवलोकनकर्ताका साथै समिति सम्बद्ध व्यक्तिहरुको ध्यान हाइगर ब्रान्ड र यसको माइक्रोबसले तानिरहेको छ।

images
images

काठमाडौं- नाडा अटो शो २०२४ मा प्यासेन्जर कार तथा मोटरसाइकलका साथै लाइट विद्युतीय कमर्सियल सवारीको पनि उल्लेख्य सहभागिता रहेको छ। १३ वटा लाइट विद्युतीय कमर्सियल सवारीको सहभागिता रहेकोमा हाइन ब्रान्ड पनि एक हो।

images
images
images

हाइगरका विद्युतीय माइक्रोबस आकर्षक देखिनुका साथै गुणस्तरीय र उच्च कार्यदक्षतायुक्त रहेका छन्। विभिन्न मध्यम तथा छोटो रुटमा माइक्रोबस चलाउनेहरुको रोजाइमा हाइगर ब्रान्डका विद्युतीय माइक्रोबस रोजाइमा परिरहेको छ। 

images

नाडा अटो शो आउने अवलोकनकर्ताका साथै समिति सम्बद्ध व्यक्तिहरुको ध्यान हाइगर ब्रान्ड र यसको माइक्रोबसले तानिरहेको छ। स्टलको आकार सानो भएकाले नाडामा एउटामात्र विद्युतीय माइक्रोबस राखिएको छ। तर त्यहाँबाट हाइगर ब्रान्डका नेपाली बजारमा उपलब्ध सबै सिट क्षमताका सवारीबारे बुझ्न सकिन्छ। 

images

शशिला मोटर्स प्रालिले आवश्य पूर्वाधारको तयारी गरेर हाइगर ब्रान्डका विद्युतीय भ्यानको बिक्री सुरु गरेको हो। कम्पनीले विश्व प्रसिद्ध चिनियाँ बस निर्माता कम्पनी हाइगरका कमर्सियल विद्युतीय गाडी नेपाल ल्याएको हो। हाइगर बस कम्पनी लिमिटेडले विश्वका १ सय ३० भन्दा धेरै देशहरूमा बस बिक्री गर्दै आएको छ। 

higer (2).jpg

शशिला मोटर्सले सुरुमो १६ सिट क्षमताका ईभी मिनि भ्यान र मिनिबस नेपाली बजारमा सार्वजनिक गरेको छ। जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरूमा ग्राहकको पहिलोरोजाइ बन्न सफल हुने कम्पनीको भनाइ छ। 

हाइगरका १४ सिट, १६ सिट र १९ सिटका विद्युतीय भ्यानहरु नेपाल आइरहेको र आउनेक्रममा रहेका छन्। हाइगरका भ्यानले ३ सय किलोमिटर रेन्ज दिने र २ सय एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। कम्पनीले मोटर र ब्याट्री दुवैमा ५ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी दिएको छ। 

higer (3).jpg

हाइगरका माइक्रोबसमा कोलिजन अभोइडेन्स्सिस्टम, लेन डिपार्चर वार्निंग तथा एअर ब्याग सिस्टमहरू सहितको सुरक्षाका विशेषतायुक्त (एयर ब्याग भएको नेपालको पहिलो ईभी भ्यान) ईभी माइक्रोबस हो। त्यस्तै अलोइ हृवील र २ सय १५ आर ७५ टायर साइज, १६ पीआर सहितको पहिलो ईभी भ्यान जसले गाडीको रेन्ज र स्ट्याबिलिटी बढाउने कम्पनीले जनाएको छ। 

हाइगर एचफाइभ सी भ्यान हाल काठमाडौं-गोरखा, नारायणघाट-काठमाडौं, काठमाडौं-धरान, काठमाडौं-जनकपुर, काठमाडौं-पोखरा र काठमाडौं-ओखलढुंगा रुपमा सञ्चालन हुन थालेका छन्। काठमाडौं-त्रिशुली रुटमा पनि हाइगरका विद्युतीय माइक्रोबस गुड्न थालेका छन्। 

higer (4).jpg


प्रकाशित : बिहीबार , भदौ १३ २०८११२:१४
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend