मंगलबार, असोज ८ गते २०८१    
images
images

पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

images
बिहीबार , भदौ १३ २०८१
images
images
पहिरोले साँफे-मार्तडी सडक अवरुद्ध

सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन्। योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ।

images
images

अछाम- लगातारको वर्षाका कारण साँफे-मार्तडी सडक अवरुद्ध भएको छ। साँफेबगर नगरपालिका-१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो। निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो।

images
images
images

पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। उनले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताए।

सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन्। योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ।

इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरोस्थलमा खटिएको जनाइएको छ। रासस

images


प्रकाशित : बिहीबार , भदौ १३ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend