बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा नामी : उत्कृष्ट विद्युतीय ह्याचब्याकले तान्दै छ उपभोक्ताको ध्यान

बिहीबार , भदौ १३ २०८१
नाडामा नामी : उत्कृष्ट विद्युतीय ह्याचब्याकले तान्दै छ उपभोक्ताको ध्यान

नामी सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै नामी ई २ को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ र ई ३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनी डोङफेङको सबब्रान्ड नामीका विद्युतीय कार हालै नेपाली बजारमा सार्वजनिक भएको थियो। त्यसलगत्तै सुरु भएको नाडा अटो शो २०२४ मा नामीले उपभोक्तालाई आकर्षित गरिरहेको छ। 

प्रतिस्पर्धी मूल्यमा विशेषताले भरिएको नामी धेरै उपभोक्ताको रोजाइमा परिरहेको छ। अवलोकनकर्ताको ध्यान नामीले तानेको छ नै खरिद गर्नेहरुका लागि पनि स्टलमा पुगेपछि अड्याएर राखेको छ। 

मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा पहिलो दिनदेखि नै नामीको स्टलमा उपभोक्ताको भिड नै लागेको छ। नामीका विद्युतीय कार नेपाली बजार एमएडब्लू वृद्धि अटोकर्पले भित्र्याएको हो। नाडा अटो शोको केही दिनअघिबाट एमएडब्लू वृद्धि अटोकर्पले नामी ०१ बिक्री सुरु गरेको थियो। आकर्षक डिजाइन र अत्याधुनिक विशेषताले भरिएको नामी ०१ उपभोक्ताको रोजाइमा परिरहेको नाडा अटो शोको दुई दिनमा नामीको स्टलमा देखिएको अवलोकनकर्ताको भिडले देखाएको छ। 

नामी सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै नामी ई २ को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ र ई ३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। 

nammi (2).jpg

नामी ०१ ह्याचब्याक सेगमेन्टको विद्युतीय कार हो। यसमा धेरै ‘सेग्मेन्ट फस्ट’ प्रिमियम विशेषता रहेका छन्। यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्याण्डल, फ्लोटिङ कन्ट्रास रुफलगायत विशेषता छन्। 

यसको इन्टेरियरमा डाइमन्ड क्लिल्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्कृन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट यो कारमा छ। 

nammi (5).jpg

नामी ०१ नेपाली बजारमा ३१.४ र ४२.३ किलोवाट आवरको दुई एलएफपी ब्याट्री अप्सनमा उपलब्ध भएको छ।

ठूलो ब्याट्री अप्सनमा उपलब्ध नामी ०१ ले एक पटकको फुल चार्जमा ३ सय १० किलोमिटरको रेन्ज दिने दाबी कम्पनीले गरेको छ। नामी ०१ मा ७० किलोवाट पिक पावर क्षमताको मोटर छ। यो मोटरले ९४ हर्सपावर तथा १ सय ६० एनएम टर्क जेनेरेट गर्छ। नामी ०१ को अधिकतम गति १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ।

nammi (3).jpg
nammi (6).jpg
nammi (4).jpg
nammi (7).jpg


प्रकाशित : बिहीबार , भदौ १३ २०८११२:०१
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend