मंगलबार, असोज ८ गते २०८१    
images
images

धनगढी-स्याउले सडक कालोपत्र

images
बिहीबार , भदौ १३ २०८१
images
images
धनगढी-स्याउले सडक कालोपत्र

आयोजना कार्यालयले दिएको जानकारीअनुसार चार खण्डमा सडक निर्माण हुँदै गरेकामा धनगढी-स्याउले सडकमा कालोपत्र गर्ने काम सम्पन्न भएको छ भने बाँकी सडकखण्डमा काम हुँदैछ।

images
images

कैलाली- धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्गअन्तर्गत धनगढी-स्याउले सडक हस्तान्तरण गरिएको छ।

images
images
images

योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकखण्डअन्तर्गत १३ दशमलव चार किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै गत साउनको अन्तिम साता ठेकेदार कम्पनीले आयोजना कार्यालयलाई हस्तान्तरण गरेको हो।

ठेकेदार कम्पनीले सडक कालोपत्र गर्ने काम सम्पन्नपछि सो सडकखण्डमा ट्राफिक संकेतअन्तर्गत जेब्राक्रसिङ, सडक बोर्ड मार्किङ राख्नेलगायत सबै काम मापदण्डअनुसार सम्पन्न गरिसकेकाले साउनमै आयोजना कार्यालयलाई हस्तान्तरण गरेको उनले बताए।

आर्थिक वर्ष २०७९/८० मा बजेट अभावका कारण सडक कालोपत्रको काम अघि बढ्न सकेको थिएन। सो सडक निर्माणका लागि आव २०८०/८१ मा संघीय सरकारले २५ करोड रूपैयाँ बजेट विनियोजन गरेपछि सडक कालोपत्र सुरु भएको थियो। धनगढी-स्याउले-हाटखोली जाने बाटोसम्म १३ दशमलव चार किमी सडक कालोपत्रको काम गत असारमा नै सम्पन्न भइसकेको उनले बताए।

images

धनगढी-स्याउले सडकखण्ड १३ दशमलव चार र दिपायलको तिखा-मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ बैशाखमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए। धनगढी-स्याउले सडकमा खड्का-कृष्ण-नारायण-बगलामुखी जेभीसँग २०७८ सालमा पीपलचौताराबाट स्याउले महेन्द्र राजमार्गभन्दा तीन किमी अगाडि १३ दशमलव चार किलोमिटरमा कालोपत्र गर्न १६ करोड ४० लाख रूपैयाँमा ठेक्का भएको थियो।

आयोजना कार्यालयले दिएको जानकारीअनुसार चार खण्डमा सडक निर्माण हुँदै गरेकामा धनगढी-स्याउले सडकमा कालोपत्र गर्ने काम सम्पन्न भएको छ भने बाँकी सडकखण्डमा काम हुँदैछ।

डोटीको दिपायल तिखा-मेल्लेख सडकखण्डको १५ किमी सडक कालोपत्रको काम भइरहेको आयोजना कार्यालयले जनाएको छ। दीपायल खण्डमा आश्रय-प्रशंसा-दुनिला जेभीले सडकको काम गरिरहेको छ। विसं २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अघि बढ्नसकेको थिएन।

विसं २०६४ मा खुटिया-दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्रयाक’ खोल्ने काम गरिएको थियो। त्यसबेला खुटियादेखि दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गको स्याउले-धनगढीसम्मको १० किमी सडक थपेर ९२ किलोमिटर कायम गरिएको थियो।

धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभञ्ज्याङ ‘फास्ट ट्रयाक’ छोटो दुरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ १३ २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend