शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

साताको पहिलो दिन नै हरियाली, '३२०० माथि पुग्ने बाटोमा देखियो सेयर बजार'

images
आइतबार, पुस २५ २०७८
images
साताको पहिलो दिन नै हरियाली, '३२०० माथि पुग्ने बाटोमा देखियो सेयर बजार'
images
images

काठमाडौं- गएको साता १६७.९९ अंकको बढोत्तरी देखिएको सेयर बजारमा यो साता कारोबारको पहिलो दिन आइतबार नै ७३.०५ अंकले बढेको छ। २७६५.५१ बिन्दुमा पुगेको सेयर बजार अब ३२०० को बिन्दुमा पुग्ने संकेत देखिएको विश्लेषकहरूले बताएका छन्। 

images
images
images

आइतबार १ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १० करोड रूपैयाँको कारोबार भएको छ। १८३ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साता कारोबारको अन्तिम दिन बिहीबार ४३.२९ अंकले बढेर बजार २६९२.४७ बिन्दुमा पुगेको थियो। गएको साता कारोबारको चार दिन बजार बढेको थियो भने एक दिन बजार घटेको छ। गएको साता आइतबार र सोमबार दुई दिनमा ९२.४४ अंकको सुधार देखिएको बजार मंगलबार पनि ६३.०१ अंकले बढेको थियो। बुधबार भने ३०.७५ अंकले घटेर बजार २६४९.२० बिन्दुमा झरेको थियो। 

images
images

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ। गत साता लगानीकर्ताको सम्पति २ खर्ब ३६ अर्ब २ करोड रूपैयाँले बढेर ३८ खर्ब ३ अर्ब ३४ करोड रूपैयाँ कायम भएको थियो।

गएका केही साता यता बजारमा केही सय अंक बढेर केही घट्दै करेक्सनको अवस्था देखिइरहेको र लगातार उकालो यात्रामा जान अझै केही समय लाग्ने बताइरहेका विश्लेषकहरूले अहिले भने बजार ३२०० को बिन्दुमा पुग्ने संकेत देखिएको बताएका छन्। तरलता अभावको विषयमा हुने सम्बोधनको पर्खाइ र बैंकको ब्याजदर स्थिर रहन्छ कि बढ्छ भन्ने जस्ता विषयमा अन्योल भइरहँदा पनि सुधारको बाटो देखिएको हो। 

सेयर विश्लेषक विष्णु प्रसाद बस्याल अबको एक महिनामै बजार ३२ सय अंक माथि पुग्ने दाबी गर्छन्।  ‘बजारको ट्रेन्ड हेर्दा अब सबै कुराले सपोर्ट गरेकोले एक महिनामै ३२०० माथि जाने देखिन्छ,’ बस्यालले भने।

बजारमा केही करेक्सन आउँदै बढ्ने भएकोले अब बजार बुलको ट्रेन्डमा पुगेकोसमेत बस्याल बताउँछन्। बजार २२०० मै टेको लागेर अगाडि बढेकोले अब पछाडि नफर्कने दाबीसमेत उनको छ। 


प्रकाशित : आइतबार, पुस २५ २०७८०८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend