बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडामा स्काइवेल : प्रिमियम ईभीले आकर्षित गर्दै उपभोक्ता [भिडियोसहित]

बिहीबार , भदौ १३ २०८१
नाडामा स्काइवेल : प्रिमियम ईभीले आकर्षित गर्दै उपभोक्ता [भिडियोसहित]

स्काइवेलका बीई ११ तीन ब्याट्री अप्सनमा उपलब्ध छ। बीई ११ तीन ब्याट्री ५१ किलोवाट आवर, ७१ किलोवाट आवर र ८६ किलोवाल आवरमा आएको छ।

काठमाडौं- स्काइवेलका विद्युतीय कारमा नाडा अटो शो आएका अवलोकनकर्ताको ध्यान तानिरहेको छ। स्काइवेलको आधिकारिक बिक्रेता जी मोटर्सले बीई ११ तीन भिन्न रेन्जमा नेपाली बजारमा ल्याएको छ।

एक पटकको फुल चार्जमा नेपालमा सबैभन्दा धेरै रेन्ज दिने विद्युतीय एसयूभी पनि स्काइवेलले नै उपलब्ध गराएको हो। नाडा अटो शो २०२४ मा स्काइवेलले बीई ११ लाई उच्च प्राथमिकताका साथ प्रदर्शनीमा राखेको छ। 

स्काइवेलका बीई ११ तीन ब्याट्री अप्सनमा उपलब्ध छ। बीई ११ तीन ब्याट्री ५१ किलोवाट आवर, ७१ किलोवाट आवर र ८६ किलोवाल आवरमा आएको छ।

त्यस्तै यी विद्युतीय कारमा १ सय ५० किलोवाट पिकपावरको मोटर रहेको छ। ५१ किलोवाट आवरको ब्याट्री भएको बीई ११ ले ४ सय १० किलोमिटर रेन्ज दिन्छ भने ७१ किलोवाट आवर ब्याट्री भएको बीई ११ ले ५ सय किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।

यसैगरी ८६ किलोवाट ब्याट्री भएको ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ।

स्काइवेलका विद्युतीय एसयूभीको मूल्यमा पनि जी मोटर्स आक्रामक देखिएको छ। कम्पनीले ५१ किलोवाट ब्याट्री भएको बीई ११ को मूल्य ७५ लाख ९० हजार र ७१ किलोवाट ब्याट्री भएको बीई ११ को मूल्य ८५ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यस्तै ८६ किलोवाट आवरको ब्याट्री भएको ईटी फाइभको मूल्य १ करोड १० लाख रुपैयाँ कायम गरिएको छ।

नाडा अटो शोमा आएका तथा प्रिमियम ईभी र त्यसमा पनि एसयूभी खोज्ने उपभोक्ताको रोजाइमा स्काइवेलको स्टल परिरहेको छ।

skywell nada (2).jpg
skywell nada (3).jpg
skywell nada (4).jpg
skywell nada (5).jpg


प्रकाशित : बिहीबार , भदौ १३ २०८१११:०९
  • सम्बन्धित विषय:

  • # नाडा अटो २०२४


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend