काठमाडौं- आन्तरिक राजस्व विभागले लामो समयदेखि मूल्य अभिवृद्धि कर नतिरेका करदाताको नाम सार्वजनिक गरेको छ।
सार्वजनिक सूचना जारी गर्दै विभागले पाँच लाख रुपैयाँ भन्दीको कर बक्यौता रहेका करदाताको नाममा १५ दिने सूचना जारी गरेको हो।
लामो समयदेखि वभिन्न माध्यमबाट ताकेता गर्दा पनि सम्पर्कमा नआएको भन्दै विभागले १५ दिनभित्र कर तिर्न वा तिर्न नपर्ने कारण भए कारसहित उपस्थित हुन निर्देशन दिएको छ।
१५ दिनभित्र नतिरे वा तिर्नुपर्ने कारण नदिएमा विभागले बाध्यकारी कदम चाल्ने चेतावनी दिएको छ। कर नतिर्नेहरुको सूचीमा निर्माण व्यवसायी, चिनी उद्योगी तथा सञ्चार उद्दमीहरुसमेत रहेका छन्।
यस्तो छ भ्याट नतिर्नेको सूची