मंगलबार, असोज ८ गते २०८१    
images
images

दिगो र भरपर्दो सिँचाइ गर्नुपर्नेलगायत विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

images
बुधबार, भदौ १२ २०८१
images
images
दिगो र भरपर्दो सिँचाइ गर्नुपर्नेलगायत विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

लोसपा नेपालका रामप्रकाश चौधरीले वैदेशिक रोजगारीमा जाने युवाका लागि आप्रवासी नीति ल्याउनुपर्ने बताए।

images
images

काठमाडौं- प्रतिनिधिसभा सांसदहरूले दिगो र भरपर्दो सिँचाइ, चुरे संरक्षण, सुरक्षित आवास निर्माण तथा भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले राष्ट्रको समृद्धिका पक्षमा सबै पार्टी एकजुट हुनुपर्नेमा जोड दिए।

images
images
images

नेपाली कांग्रेसका सांसद दिनेशकुमार यादवले पूर्वी तराई मधेसको सप्तरी जिल्लामा दिगो र भरपर्दो सिँचाइ आयोजना नभएकामा सरकारको ध्यानाकर्षण गराए। उनले सप्तरी जिल्लामा सिँचाइ आयोजनाका लागि बजेट प्राप्त भए पनि कार्यालय स्थापना हुन नसक्दा समस्या परेकाले समाधानका लागि आग्रह गरे। चुरे संरक्षण, वर्षातको समयमा बाढीको जोखिम र हुलाकी राजमार्गको विस्तार एवं मर्मतका लागि द्रुतगतिमा काम गर्न उनले सरकारसँग माग गरे।

सोही दलका सांसद देवप्रसाद तिमल्सेनाले विभिन्न आयोजनाका काममा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै समयमा काम गर्ने व्यवसायीको भुक्तानी समयमै दिने र काम नगर्नेलाई कारबाहीको दायरामा ल्यानुपर्नेतर्फ धारणा राखे। उनले स्वदेशी काठको खपत, सुरक्षित आवास कार्यक्रमको प्रभावकारिता, दूध उत्पादक किसानलाई समयमा भुक्तानी र संस्थागत भ्रष्टाचारको अन्त्यका लागि ध्यानाकर्षण गराए।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीले सत्तापक्ष र प्रतिपक्ष संसद्‌मा जुहारी खेल्नुभन्दा राष्ट्र समृद्ध बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए। उनले राष्ट्र निर्माणको सवालमा राजनीतिक दलबीच समान धारणा जरुरी रहेको उल्लेख गर्दै एउटा सरकारले ल्याएको योजना अर्को सरकारले भत्काउने प्रवृत्तिको विरोध गरे। सिंगो दलित समुदायको हक स्थापित गर्न गठन गर्ने भनिएको दलित विकास प्राधिकरणलगायत विषयको तत्काल कार्यान्वयन गर्न माग गरे।

images

नेकपा (एमाले)का सांसद जुलीकुमारी महतो (महासेठ) ले वर्तमान सरकारसँग जनताको अपेक्षा र विश्वास रहेकाले असफल हुने छुट नरहेको बताइन्। उनले नेपाल विद्युत् प्राधिकरणको सबै बक्यौता उठाउनुपर्नेमा जोड दिइन्। सांसद महासेठले चुरे संरक्षणका लागि सचेत हुन सबै पक्षलाई आग्रह गरिन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद चन्दा कार्की भण्डारीले भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयकमा पाँचवर्षे हदम्याद राख्ने विषयको विरोध गरेकी थिइन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले जनताको मनोभावना सम्बोधन गरेर राजनीतिक स्थिरता ल्याउन सुझाव दिए।

जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि सरकारले पहल गर्नुपर्ने बताइन्। जनमत पाटीका सांसद अनिता देवीले सवारी दुर्घटना नियन्त्रण गर्न ध्यानाकर्षण गराइन्।

जनता समाजवादी पार्टी(जसपा) नेपालका सांसद राजकिशोर यादवले राजदूत नियुक्ति समावेशी हुनुपर्नेमा जोड दिए। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरीले वैदेशिक रोजगारीमा जाने युवाका लागि आप्रवासी नीति ल्याउनुपर्ने बताए।

नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले स्वास्थ्य सुविधालाई थप व्यवस्थित बनाउन सुझाव दिए। स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले सिख धर्म संरक्षण गर्नुपर्नेमा जोड दिए। रासस


प्रकाशित : बुधबार, भदौ १२ २०८११८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend