शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

आईसीसी नेपालको विशेष साधारणसभा सम्पन्न, अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध

images
बुधबार, भदौ १२ २०८१
images
आईसीसी नेपालको विशेष साधारणसभा सम्पन्न, अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध

काठमाडौंको सोल्टी होटलमा सम्पन्न साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी), नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा सम्पन्न भएको छ।

images
images
images

काठमाडौंको सोल्टी होटलमा सम्पन्न साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

images
images

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आईसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक कार्य गर्ने बताए।

images
images

आईसीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो। देशभित्र र बाहिर परिआउने व्यावसायिक विवादहरुको मध्यस्थताका रुपमा समन्वयकारी भूमिका निभाउने उनले बताए।

उनको नेतृत्वमा विभिन्न व्यावसायिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पदाधिकारी र कार्यसमिति सदस्यहरु पनि निर्वाचित भएका छन्। जसअनुसार निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा छन्।

यस्तै संघ-संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री निर्वाचित भएका छन्।

एसोसिएट कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा रहेका छन् भने महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे पनि निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरुमा क्रमशः ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिनबहादुर गुरुङ, अर्जुनप्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईँ, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्रकुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लव पौडेल, दीपककुमार श्रेष्ठ तथा पोषकराज पौडेल निर्वाचित भएको आईसीसी नेपालले जनाएको छ।


प्रकाशित : बुधबार, भदौ १२ २०८११७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend