शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो, बन्द हुनेक्रम बढ्दो

images
बुधबार, भदौ १२ २०८१
images
मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो, बन्द हुनेक्रम बढ्दो

लामो समयदेखिको आर्थिक मन्दीका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुनेक्रम बढदै गएको छ।

images
images

बागमती- पछिल्लो पाँच वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यापार दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ।

images
images
images

विश्वव्यापीरुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी कम हुनु, पुँजीको अभाव, दोहोरो दर्ताको व्यवस्था लगायतका कारण यहाँ बर्सेनि नयाँ उद्योग व्यापार दर्ता घट्दै र बन्द हुने क्रम बढ्दै गएको हो।

images
images

उद्योग तथा वाणिज्य कार्यालयका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ नयाँ उद्योग व्यापार दर्ता भएको छ भने सो आवमा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फ तीन सय ३६ उद्योग व्यापार बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए।

images
images

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० नयाँ उद्योग व्यापार दर्ता हुँदा उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ८३ वटा उद्योगको लगतकट्टा गरिएको थियो।

यसअघि आव २०७८/७९ मा उद्योगतर्फ सात सय ६७ र वाणिज्यतर्फ सात सय ७० नयाँ दर्ता भएको थियो। सो आर्थिक वर्षमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी एक सय १० वटा उद्योग व्यापारको मात्र लगतकट्टा भएकोे थियो।

आव २०७७/७८ मा उद्योगतर्फ आठ सय २० र वाणिज्यतर्फ आठ सय १० नयाँ उद्योग व्यापार दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी तीन सय ४० उद्योगको लगतकट्टा गरिएको सो कार्यालयको तथ्यांकले देखाएको छ। 

आव २०७६/७७ मा उद्योगतर्फ एक हजार पाँच सय ३६ र वाणिज्यतर्फ एक हजार पाँचसय २५ नयाँ उद्योग व्यापार दर्ता भएको थियो। सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ४० उद्योग व्यापारको लगतकट्टा गरिएको थियो। यसरी पछिल्लो पाँच वर्षको अवधिमा नयाँ उद्योग दर्ता घट्दै जाँदा उद्योग व्यापार बन्द हुनेक्रम भने बढ्दै गएको छ।

विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउनका लागि मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमासमेत दर्ता गराउनुपर्ने दोहोरो व्यवस्थाका कारण पनि उद्योग व्यापार दर्ता भन्दा बन्द गराउने क्रम बढेको प्रमुख भुसालको भनाइ छ।

लामो समयदेखिको आर्थिक मन्दीका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम बढदै गएको छ। यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेका छन्।

तीन करोड २२ लाख राजस्व संकलन

उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा तीन करोड २२ लाख ४९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

सो कार्यालयका अनुसार उद्योगतर्फ नयाँ उद्योग दर्ता, नवीकरण, नामसारी, पुँजी वृद्धि खारेजी, ठाउँसारी लगायतका शीर्षकबाट एक करोड ५१ लाख २५ हजार रूपैयाँ तथा वाणिज्यतर्फ नयाँ दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, प्रतिलिपीलगायतका शीर्षकबाट एक करोड ६१ लाख ९९ हजार रूपैयाँ राजस्व संकलन भएको छ।

सो अवधिमा एक सय ७६ महिला र एक सय ९० पुरुष नयाँ उद्यमीका रुपमा थपिएका प्रमुख भुसालले बताए। रासस


प्रकाशित : बुधबार, भदौ १२ २०८११७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend