मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

नन्दबाबा खानेपानी आयोजनाबाट ६ सय परिवार लाभान्वित

images
बुधबार, भदौ १२ २०८१
images
images
नन्दबाबा खानेपानी आयोजनाबाट ६ सय परिवार लाभान्वित

आयोजना सम्पन्न भएसँगै वडा नं १ का छ सय १९ परिवारमा शुद्ध खानेपानीको पहुँच विस्तार भएको हो।

images
images

सिरहा- सिरहाको कर्जन्हा नगरपालिका-१ स्थित बाल्टियामा एक करोड ६४ लाख ६८ हजार रूपैयाँ लागतमा नन्दबाबा खानेपानी आयोजना निर्माण भएको छ। आयोजना सम्पन्न भएसँगै वडा नं १ का छ सय १९ परिवारमा शुद्ध खानेपानीको पहुँच विस्तार भएको हो।

images
images
images

कर्जन्हा नगरपालिकासँगको सहकार्यमा सबल नेपालद्वारा सञ्चालित ‘सामाजिक परिवर्तनका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन सबलीकरण परियोजना’ अन्तर्गत सम्पन्न भएको खानेपानी आयोजना एक कार्यक्रमको आयोजना गरी खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ।

images
images

विसं २०७६ फागुन २० गतेदेखि उक्त खानेपानी आयोजना प्रारम्भ भएको थियो। सबल नेपालको ७० लाख पाँच हजार नौ सय ५५, नगरपालिकाको ९० लाख ७४ हजार तीन सय ७३ तथा लक्षित समुदायले तीन लाख ८८ हजार चार सय ८५ रूपैयाँ खर्च व्यहोरेका सबल नेपालका पालिका संयोजक रोजी श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार खानेपानी वितरण गर्न कुल एक लाख ५० हजार लिटर पानी भण्डारण क्षमता रहेको ‘ओभरहेड’ ट्यांकी रहेको छ। 

images
images
images

उक्त ट्यांकीमा स्वचालितरुपमा पानी शुद्धीकरणका उपकरणसमेत जडान गरिएको छ। दुईसय ४० फिटको डिप बोरिङ गाडिएको छ भने १० एचपी क्षमताको सम्बरसिवल पम्प जडान गरिएको सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठले जानकारी दिए। खानेपानीका इनार र कुवाहरु सुक्दै जान थालेपछि उक्त आयोजनाको पहल गरिएको वडा नं १ का वडाध्यक्ष फणिन्द्र पोखरेलले बताए।

'जलवायु परिवर्तनसँगै चुरे क्षेत्रका गाउँहरुमा पानीको सतह सुक्न थाल्यो। ट्युबवेल र इनारहरु सुक्न थाले। गाउँमा खानेपानीको हाहाकार हुन थालेपछि यो आयोजनाको पहल गरिएको हो', उनले भने, 'यसमा सबल नेपाल र नगरपालिकाले पनि चासोका साथ सहयोग गरेकाले समयमै निर्माण सम्पन्न भएको छ।'

घरमा नियमित खानेपानी आउन थालेपछि स्थानीय पनि खुशी भएका छन्। 'हाते कल सुकेको वर्षौँ भइसकेको थियो। इनार तथा कुवाका पानी पनि सुक्न थालेपछि पानीको हाहाकार हुन थालेको थियो। पछिल्लो समय हामीसँग बसाइँ सर्नुको विकल्प थिएन। आज यसरी घरघरका धारामा पानी आउन थालेपछि हर्षित भएका छौँ', स्थानीय ६० वर्षीय शारदा कार्कीले भनिन्।

सबल नेपालले निर्माण गरेको संरचनाले गर्दा वडावासीले स्वच्छ पानी पिउन पाएको कर्जन्हा नगरपालिकाका उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठले बताइन्। उनले यस खानेपानी आयोजनाको प्रभावकारिताका लागि नगरले थप योजना बनाउने भन्दै नगरका अन्य वडा तथा समुदायमा पानीको समस्या समाधान गर्न सहकार्य गर्दै जाने उल्लेख गरिन्।

आफ्नो नगरक्षेत्रभित्रको चुरेको फेदमा पर्ने बल्टियाको बस्तीमा स्थानीयको घरघरमा खानेपानीको व्यवस्था भएको नगरप्रमुख भोला पोखरेलले बताए। 'यसमा नगरले पनि सहकार्य गरिरहेको छ। आगामी दिनमा नगरका अन्य सुक्खा ठाउँमा क्रमशः खानेपानीको व्यवस्था गर्दै जाने प्रतिबद्धता गर्दछौँ', उनले भने। रासस


प्रकाशित : बुधबार, भदौ १२ २०८११६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend