मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

सडक अवरुद्ध हुँदा चीनबाट फलफूल आयात रोकियो, दसैँका लागि सामग्री बोकेर आएका कन्टेनर पनि बाटोमै

images
बुधबार, भदौ १२ २०८१
images
images
सडक अवरुद्ध हुँदा चीनबाट फलफूल आयात रोकियो, दसैँका लागि सामग्री बोकेर आएका कन्टेनर पनि बाटोमै

बाढीपहिरोका कारण पटक-पटक कोदारी राजमार्ग अवरुद्ध हुँदा चीनबाट गरिँदै आएको फलफूल आयात रोकिएको हो।

images
images

सिन्धुपाल्चोक- सडक अवरुद्ध हुँदा तातोपानी नाका हुँदै चीनबाट गरिँदै आएको फलफूल आयात रोकिएको छ। यसअघि दैनिक चार करोड रूपैयाँ बराबरको चिनियाँ फलफूल आयात भइरहेकामा हाल सडक अवरुद्ध हुँदा रोकिएको छ।

images
images

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार बाढीपहिरोका कारण पटक-पटक कोदारी राजमार्ग अवरुद्ध हुँदा चीनबाट गरिँदै आएको फलफूल आयात रोकिएको हो।

images
images

फलफूल बाटोमै कुहिने समस्या भएपछि व्यवसायीले गत असारदेखि नै आयात रोकेका हुन्। स्याउ, अनार, अङ्गुरसँगै नासपाती, सुन्तला, अम्बा, ओखर, किबी, जुनारलगायत फलफूल चीनबाट आयात गर्ने गरिएको उनले बताए। आयात रोकिएपछि राजस्वमा प्रत्यक्ष असर परेको प्रमुख केसी बताउँछन्।

images
images
images

हाल उक्त नाकाबाट हुने निर्यात पनि शून्य नै रहेको छ। नेपालबाट निर्यात हुने हस्तकलाका सामान, खाद्यान्न, जडीबुटीजन्यलगायत सामान तातोपानी नाका हुँदै व्यापारीले चीनतर्फ निर्यात गर्न पाएका छैनन्।

असार अन्तिमसम्म दैनिक चिनियाँ फलफूल आयात हुन्थ्यो। बर्खामा चीनबाट आयातित फलफूल समयमा ढुवानी नहुने समस्याले गर्दा व्यवसायीले अघिल्ला वर्षमा बेहोर्नु परेको नोक्सानलाई ध्यानमा राख्दै गर्दै यसपटक आयात नै रोकेको व्यवसायी हाउडे दोर्जे लामा बताउँछन्।

दसैँका लागि सामग्री बोकेर आएका करिब ८० चिनियाँ कन्टेनर न्यालम नजिक बाटोमा रोकिएका छन्। विभिन्न सामान बोकेका कन्टेनर १४ दिनदेखि बाटोमै छन्। यस्तै विभिन्न सामानसहितका एक सय तीन चिनियाँ कन्टेनर पनि बीच बाटोमै अड्किएका तातोपानी भन्सारले जनाएको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव आङ्दोर्जे शेर्पाका अनुसार खासा पुनःनिर्माण अन्तर्गत बीच भागमा सुरुङ निर्माण जारी रहेकाले सामान रोकिएको हो। पार्किङ भाडा मात्रै दैनिक एक हजार चिनियाँ युयान तिर्नुपरिरहेको उनले बताए।

चिनियाँ गाडी तातोपानी आउन जति ढिला भयो सामानको मूल्य त्यति नै बढी पर्ने शेर्पा बताउँछन्।

नाकामा होटल, रेस्टुरेन्ट र पसल भने खुल्न थालेका नेपाल ट्रक कन्टेनर मजदुर संघका अध्यक्ष अर्जुन सापकोटा बताउँछन्। रासस


प्रकाशित : बुधबार, भदौ १२ २०८११५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend