बुधबार, असोज ९ गते २०८१    
images
images

चालु आवको पहिलो महिनामा हटौँडा उपमहानगरले उठायो चार करोड ५० लाख राजस्व

images
बुधबार, भदौ १२ २०८१
images
images
चालु आवको पहिलो महिनामा हटौँडा उपमहानगरले उठायो चार करोड ५० लाख राजस्व

अघिल्लो आवको साउनको तुलनामा यो आवको साउनमा २५ लाख ६२ हजार रूपैयाँ कम राजस्व संकलन भएको छ।

images
images

बागमती- मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा चार करोड ५० लाख १४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार यो साउनमा उपमहानगरले सम्पत्ति करबाट एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट एक करोड १८ लाख ७५ हजार उठाएको थियो।

यस्तै घरबहाल करबाट ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट ३३ लाख ४० हजार, बहाल बिटोरी करबाट १८ लाख ७८ हजार, व्यवसाय करबाट ४१ लाख २१ हजार र प्रशासकनिक दण्ड जरिवाना र जफतबाट पाँच लाख ९६ हजार रूपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए।

यो अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा २५ लाख ६२ हजार रूपैयाँ कम राजस्व संकलन भएको हो। आव २०८०/८१ को साउनमा उपमहानगरपालिकाले चार करोड ७५ लाख ७६ हजार राजस्व संकलन गरेको थियो।

images

चालु आव २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी संकलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व संकलन भएको प्रमुख सुवेदीले जानकारी दिए।

यस्तै विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगरले आव २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। उपमहानगरले आव २०८०/८१ मा ३० करोड ९४ लाख पाँच हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा ३४ करोड सात लाख ६४ हजार ६ सय ४० रूपैयाँ राजस्व संकलन गरेको छ।

उपमहानगरपालिकाले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट सात करोड ३० लाख २८ हजार, घरबहाल करबाट ६ करोड एक लाख ६८ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट पाँच करोड २३ लाख नौ हजार, बहाल बिटोरी करबाट दुई करोड ४९ लाख ७४ हजार, सिफारिस दस्तुरबाट तीन करोड ४१ लाख ९६ हजार रूपैयाँ संकलन गरेको छ।

यस्तै व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट दुई करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट एक करोड ६ लाख ३० हजार, सरकारी सम्पत्ति बहालबाट पाँच लाख ८६ हजार, ढुंगागिट्टी बालुवा बिक्रीबाट ८० लाख र प्रशासनिक दण्ड जरिवानाबापत ८६ लाख ७३ हजार रूपैयाँ राजस्व संकलन भएको राजस्व शाखा प्रमुख सुवेदीले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, भदौ १२ २०८१११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend