बुधबार, असोज ९ गते २०८१    
images
images

अवरुद्ध पोखरा-सिङ्दी-पसगाउँ सडक सञ्चालनमा

images
बुधबार, भदौ १२ २०८१
images
images
अवरुद्ध पोखरा-सिङ्दी-पसगाउँ सडक सञ्चालनमा

डोजरको सहयाताले करिब एक हप्तामा सडक मर्मत गरेर सडक सञ्चालनमा ल्याएको वडाध्यक्षले जानकारी दिए।

images
images

लमजुङ- पहिरोले अवरुद्ध पोखरा-सिङ्दी-पसगाउँ सडक सञ्चालनमा आएको छ।

images
images
images

कास्कीको मादी गाउँपालिका-८ उगीकुनासहित लमजुङको विभिन्न स्थानमा रुदी खोलाले कटान गर्दा  एवं पहिरो खस्दा गत साउन १२ गतेदेखि सो सडक अवरुद्ध भएको थियो।

सडक सञ्चालन हुन नसक्दा लमजुङ क्व्होलासोथर गाउँपालिका-५ सिङ्दी र वडा नं ६ पसगाउँ क्षेत्रका स्थानीयलाई समस्या हुँदै आएको क्व्होलासोथर-५ का वडाध्यक्ष गितबहादुर गुरुङले बताए।

डोजरको सहयाताले करिब एक हप्तामा सडक मर्मत गरेर सडक सञ्चालनमा ल्याएको उनले बताए।

images

पोखरा र रामबजार हुँदै बेँसीसहर जानका लागि पनि यही बाटो प्रयोग हुने गरेको छ।

यहाँका अधिकांश स्थानीय पोखरा आवतजावत गर्ने गर्दछन्। त्यहाँका स्थानीयलाई बेँसीसहर आउनुभन्दा पोखरा जानलाई सहज र छोटो हुने भएकाले नागरिकता बनाउन, मालमोतलगायत मुख्य कामबाहेकका लागि यही सडकबाट पोखरा जाने गर्दछन्।

सडक सञ्चालनसँगै स्थानीय हर्षित बनेका छन्। रासस


प्रकाशित : बुधबार, भदौ १२ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend