बुधबार, असार २४ गते २०८३    
बुधबार, असार २४ २०८३

काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा, शून्य प्रतिशतको व्यवस्थाले यो वर्ष बैंकहरूको पुँजीकोषमा थप भार नपर्ने

मंगलबार, भदौ ११ २०८१
काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा, शून्य प्रतिशतको व्यवस्थाले यो वर्ष बैंकहरूको पुँजीकोषमा थप भार नपर्ने

काठमाडौं- राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याएको काउन्टर साइक्लिकल बफरले बैंक वित्तीय संस्थाहरुको पुँजीकोषमा कुनै पनि असर नपर्ने भएको छ।राष्ट्र बैंकले सर्कुलर जारी गर्दै चालु आर्थिक वर्ष काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा आएपछि शून्य प्रतिशत बफरको व्यवस्था गरेको छ। 

गत आर्थिक वर्ष मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ०.५ प्रतिशत बिन्दुले काउन्टर साइक्लिकल बफर लाग्ने व्यवस्था गरेको थियो। तर विगत दुई वर्षहरुमा कर्जा प्रवाह न्युन रहेकाले काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत लाग्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। 

विगत ५ वर्षको कुल गार्हस्थ्य उत्पादन र कर्जा प्रवाहबीचको ग्यापका आधारमा काउन्टर साइक्लिकल बफर लाग्ने व्यवस्था क्यापिटल एड्युकेसी फ्रेमवर्कले गरेको छ।

वासेल ३ अनुसार बैंक वित्तीय संस्थाहरुले टायरवान क्यापिटल ८.५ प्रतिशत र टायर टु क्यापिटल थप २.५ प्रतिशत गरी कुल ११ प्रतिशत पुँजीकोष पर्याप्तता कायम गर्नुपर्ने व्यवस्था रहेको छ।

कर्जा प्रवाहलाई निश्चित सीमाभित्र राखेर उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गराउन बैंकहरुको पुँजीकोषले महत्वपूर्ण भूमिका रहेन गर्दछ। 

बैंक वित्तीय संस्थाहरुले अर्थतन्त्रको आकारभन्दा बढी कर्जा प्रवाह गरेमा काउन्टर साइक्लिकल बफर बढ्न गइ कर्जा प्रवाह नियन्त्रण गर्न मद्दत गर्छ। कोभिडको समयमा राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर स्थगन गरेको थियो। जसले गर्दा अर्थतन्त्रमा बढी कर्जा प्रवाह भइ विदेशी मुद्रा सञ्चितिमा दबाब परेको थियो।


प्रकाशित : मंगलबार, भदौ ११ २०८१२२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend