शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा रोकिए

सबैजना सकुशल छन् : नेपाली दूतावास

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ११ २०८१
images
अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा रोकिए

१ सय ७६ जना नेपाली नागरिकहरू सकुशल रहेको र आवश्यकताअनुसार निजहरूलाई मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा रहेको नेपाली दूतावासलाई उद्धृत गर्दै पराराष्ट्र मन्त्रालयले जनाएको छ।

images
images

काठमाडौं- ब्राजिल ट्रान्जिट हुँदै अमेरिका जान लागेका १ सय ७६ जना नेपाली रोकिएका छन्। तेस्रो मुलुक जान चाहाने नेपाली यात्रीका लागि नयाँ नियमका सम्बन्धमा हालै ब्राजिलको साउपाउलो विमानास्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७ सय विदेशीहरू रोकिएका छन्।  

images
images
images

ट्रान्जिटमा रहेका सबै १ सय ७६ जना नेपाली नागरिकहरू सकुशल रहेको र आवश्यकताअनुसार निजहरूलाई मानवीय सहायता पुर्‍याउन दूतावास तयारी अवस्थामा रहेको नेपाली दूतावासलाई उद्धृत गर्दै पराराष्ट्र मन्त्रालयले जनाएको छ। 

images
images

दक्षिण अमेरिकाका ब्राजिललगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्‌दो रहेकोसमेत मन्त्रालयले जनाएको छ। 

images
images

संगठित रुपमा सञ्चालित मानव तस्करहरूको प्रलोभनमा सयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने  परिस्थितमा फस्न पुगेको पाइएकोसमेत मन्त्रालयले जनाएको छ।

यसैबीच ब्राजिल सरकारले तत्काल लागु हुने गरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिए‌को भएमा मात्र प्रवेशको अनुमति दिने नियम ल्याए‌कोसमेत बताएका छन्। 

नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न नपाउने र त्यसरी नगएमा सोही विमानमार्फत् फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ।

मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिधित हुने समेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएरमात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन मन्त्रालयले भनेको छ। 


प्रकाशित : मंगलबार, भदौ ११ २०८११९:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend